जापानी नर्सको हिमाल मोह
नामः यामामोतो मियूकी
पेसाः नर्सिङ
ठेगानाः ओसाका, जापान
रुचिः पर्वतारोहण
सफलताः सगरमाथा, ल्होत्से र मनास्लु
मियिूकी जापानको सानो सहर इमेकेममा जन्मेकी हुन् । ओसाकामा नर्स छिन् ।
सन् २००९ मा पहिलो नेपाल ट्रेकिङ गर्न गएकी थिइन् । त्यस बेला काठमाडौँलाई धुलोको कुइरीमण्डल देखिन् । नाम्चे बजारसम्म ट्रेकिङ गरिन् । अनि अव नेपाल फर्किन्न होला भन्दै गइन् ।
उनलाई अग्र्यानिक खाना मिठो र मान्छेहरू फरासिला लागे पनि काठमाडौँको वातावरण मन परेन ।
जापान गएपछि पनि ट्रेकिङ गर्न भने छाडिनन् । ट्रेकिङ क्लबमा सामेल भइन् ।
हिमाल चढ्नका लागि फेरी नेपाल जाऊँ जाऊँ लाग्न थाल्यो ।
सन् २०१७ मा दोस्रो पटक नेपाल आइन् । त्यस बेला ६ हजार ८० मिटर अग्लो एउटा हिमाल चढिन् । पाल्पा र पोखरालगायत नेपालका पर्यटकीय क्षेत्रहरू घुमिन् ।
गाइड राम्रो र्पयो, मान्छेहरू चिनिन थालिन्, अझ नेपाली संस्कृतिले मियूकीलाई तान्न थाल्यो ।
सन् २०१८ मा फेरी नेपाल आइन् । आमादब्लम् (६८१२ मिटर ) चढिन् । गोक्यू ले पनि पुगिन् । लबुचे (६११९ मिटर) र आइलेण्ड पिक (६१६०) पनि चढिन् ।
मियूकीमा आत्मविश्वास बढ्दै गयो । नेपालको हिमालहरुप्रतिको मोह पनि बढ्यो ।
उनले सन् २०१९ मे २२ गतेका दिन सर्वोच्च शिखर सगरमाथा (८८४८ मि.) चुमिन्, लगतै मे २३ मा ल्होत्से (८५१६ मि.) टुप्पा पुगिन् ।
यसरी लगातार सगरमाथा र ल्होत्से आरोहण गर्ने मियूकी पहिलो जापानी महिला हुन् ।
उनी यही वर्षको अटम सिजनमा फेरी मनास्ल् (८१६३ मि.) चढ्न आइन् । एकै वर्ष ८ हजार मि. माथिका तीन हिमाल चढ्ने पहिलो जापानी महिला बनिन् ।
मियूकीको टिप्स
हिमाल चढ्नु शारीरिक कुरा मात्र होइन, नत चुनौती मात्र ।
यो सोच्ने तरिका हो, हेर्ने तरिका हो ।
खर्चिलो छ, तर चुचुरामा पुग्दाको आनन्द भन्न सकिन्न ।
आफूलाई विश्वास गर्नुपर्छ, राम्रो गाइड छान्नु पर्छ ।
पत्रपत्रिका र फिल्म हेरेर जानिँदैन, आफैले गरेर जान्नु पर्छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…