November 29, 2019

भ्रमण वर्षमा नाट्टाले १० प्रतिशत छुट दिने, गाईडलाई ढाकाटोपी

Visit Nepal 2020काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा विदेशी पर्यटकलाई आकर्षित गर्न नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाट्टा)का सदस्यहरुले दश प्रतिशत छुट दिने भएको छ ।

नेपाल भ्रमण वर्ष सचिवालय र नाट्टाबीच बिहीबार भएको सहमतिमा छुट दिने कुरा उल्लेख भएको नाट्टाका अध्यक्ष सिएन पाण्डेले बताए ।

अध्यक्ष पाण्डेले मलेसिया, चीन, भारतलगायतका देशहरुलाई भ्रमण वर्षको प्राथमिकतामा राख्नु पर्ने पनि बताएका छन् ।

यस्तै भ्रमण वर्षका संयोजक सुरज बैधले सात ओटै प्रदेशमा पर्यटक लैजाने गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।त्यस्तै उनले ट्रेकिङ गाईडहरुलाई सकेसम्म भ्रमण वर्ष अंकित पोशाक लगाउने नभए ढाका टोपी मात्रै भए पनि लगाउन प्रोत्साहन गरिने जानकारी दिए ।

यसअघि नेपाल होटल संघ, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल र होमस्टे संघले यसअघि नै छुटको घोषणा गरिसकेको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…