भ्रमण वर्ष लक्षित गरि उपत्यकामा ‘भेली बाई नाईट’
काठमाडौं– सरकारले भ्रमण वर्ष लक्षित गरि उपत्यकमा ‘भेली बाई नाईट’ बनाउने तयारी गरेको छ ।
पशुपतिनाथ, ठमेल, स्वयम्भु, बौद्ध, पाटन र भक्तपुरका महत्वपूर्ण पर्यटकीय क्षेत्रमा राति समेत हि“डडुल गर्न मिल्ने गरी बत्ति जडान गर्न लागिएको हो ।
नेपाल पर्यटन वोर्डका सूचना अधिकृत मनीराज लामिछानेका अनुसार पर्यटन बोर्ड, भ्रमण वर्ष सचिवालय र सरकारको साझेदारीमा काडमाडौंका धार्मिक तथा संस्कृतिक क्षेत्रमा राति पनि घुम्न मिल्ने गरि लाइट जडान गर्न लागिएको हो ।
पर्यटकले जुनसुकै समयमा एक ठाउँमा गए पनि कम्तीमा दुई घण्टा बस्ने वातावरण हुने गरि योजना बनाइएको समेत लामिछानेले बताए ।
भ्रमण वर्षको प्रचार–प्रसारमा सहयोग पुर्याउने उद्देश्यले डिसेम्बरभित्रै विभिन्न देशका पर्यटन मन्त्रीहरुको सम्मेलन गर्ने र विभिन्न एयरलाइन्सका अधिकारीलाई लुम्बिनी र पोखरा लगायतका ठाउ“को अवलोकन गराउने तयारी समेत भइरहेको लामिछानेले बताए ।
भ्रमण वर्षको दिन नजिकि“दा तयारी र ब्यवस्थापनमा बारे सरकारी तथा गैरसरकारी संघ सस्थास“ग निरन्तर छलफल भइरहेको पनि लामिछाने जानकारी दिए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…