भ्रमण वर्षकी सद्भावना दूत चिनियाँ अभिनेत्री सु चिङ बर्दियामा
बर्दिया — चिनियाँ अभिनेत्री सु चिङ आइतबार बिहान बर्दिया राष्ट्रिय निकुन्ज पुगेकी छिन् । नेपाल भ्रमण वर्ष २०२० की सद्भाव दूतका रुपमा उनी नेपाल आएकी हुन् ।
बर्दियाको ठाकुरद्धारामा कुरा गर्दै उनले पर्यटन प्रवर्द्धनले नेपाल–चीन सम्बन्धलाई अझ बलियो बनाउने बताइन्। अभिनेत्री चिङले नेपाल भ्रमण वर्षको प्रचार गरेर चिनियाँ पर्यटक भित्र्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । उनले बर्दिया निकुञ्जजस्ता नेपालका राम्रा स्थलबारे संसारभर पर्याप्त प्रचार हुनुपर्ने धारणा राखेकी छिन् ।
अभिनेत्री चिङलाई थारु संस्कृति, भेषभुषामा सिंगारिएका महिलासहित निकुञ्जका अधिकारी र पर्यटन व्यवसायीले स्वागत गरेका थिए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…