December 8, 2019

रुम्बामा सुन्तला महोत्सव

फिदिम– पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा आइतबारदेखि सुन्तला महोत्सव सुरु भएको छ । सुन्तला उत्पादक कृषकलाई व्यावसायिक बनाउने तथा सुन्तला उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव गरिएको हो ।

सुन्तला उत्पादनको पकेट क्षेत्र मानिएको कुरुम्बामा आयोजना गरिएको महोत्सवमा सुन्तलाका स्टलहरु राखिएका छन् । महोत्सव तीन दिनसम्म चल्ने मिक्लाजुङ गाउँपालिका–५ का वडाध्यक्ष अविसन लावतीले जानकारी दिनुभयो ।

कुरुम्बामा ५ दर्जनभन्दा बढी घरपरिवारले व्यावसायिक रुपमा सुन्तला उत्पादन गर्ने गरेका छन् । अधिकांशले सुन्तलाबाट बर्सेनी लाखौँ आम्दानी गर्ने गरेका छन् ।

यहाँ व्यापारीहरुले बगानमै आएर सुन्तला खरिद गरी तराईका जिल्लामा पु¥याएर बिक्री गर्ने गरेका छन् । महोत्सवको उद्घाटन प्रदेश–१ प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिकी सभापति सीता थेबेले गरिन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…