December 17, 2019

नेपाल एयरलाइन्सलाई ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’


काठमाडाैं– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सन् २०१९ को ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ प्राप्त गर्न सफल भएको छ ।

‘एयरलाइन्स कृटिज एण्ड ब्लगर एशोसिएसन’ ले निगमले गुणस्तरीय सेवा पु¥याएबापत उक्त पुरस्कार प्रदान गरेको हो । एशोसिएशनद्वारा मंगलबार आयोजित कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सो पुरस्कार ग्रहण गरे ।

एशोसिएशनले अन्तरराष्ट्रिय उडानका विभिन्न सेवामा निगमले पु¥याएको सेवालाई समेटेरे भिडियो सामग्री तयार गरेको र मतका आधारमा निगमले उत्कृष्ट अवार्ड जित्न सफल भएको निगमका सहप्रवक्ता सुलेख मिश्रले बताए ।

चार सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, समीक्षा, यात्रु र उड्यन पत्रकारले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई सो पुरस्कार प्रदान गरिएको एशोसिएशनका अध्यक्ष टिपियस ग्रोबरले जानकारी दिए ।

वायुसेवा कम्पनीका कर्मचारीले यात्रुलाई गर्ने व्यवहार, चालक दलले गर्ने व्यवहार, यात्रु सेवा, विमानभित्र प्रदान गरिने खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षित सेवा, आरामदायी सिट, मूल्य लगायत मापदण्डका आधार सो पुरस्कार छनौट गर्ने गरिन्छ । यसअघि थाइ एयर र फिन एयरले उक्त पुरस्कार प्राप्त गरेका थिए ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…