पाटा नेपालमा ठाकुरको नेतृत्वमा नयाँ कार्यसमिति
- विवेक गुरुङ
काठमाडौ– प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले बिभूति चन्द ठाकुरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार भएको पाटा नेपालको ४३ औं वार्षिक साधारण सभाले दुई वर्षका लागि ठाकुरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्य समितिमा प्रथम उपाध्यक्षमा दीपकराज जोशी (नेपाल पर्यटन बोर्ड), द्धितीय उपाध्यक्ष टंकनिधि दाहाल (नेपाल वायुसेवा निगम), महासचिव शिवप्रसाद ढकाल (रोयल माउन्टेन ट्राभल), कोषाध्यक्ष खेम लकाई (गेट कलेज) रहेका छन् ।
कार्य समितिमा चार जना पदेन सदस्यहरु डण्डुराज घिमिरे (पर्यटन विभाग), राजन पोखरेल (नागरिक उड्डयन प्राधिकरण), कृष्ण गोपाल जोशी (नेपाल वायुसेवा निगम) र श्रदा श्रेष्ठ (नेपाल पर्यटन बोर्ड) रहेका छन् ।
यसै गरि सात सदस्यहरुमा नरेन्द्रदेव भट्ट (हेरिटेज टुर्स एन्ड ट्राभल्स), अब्दुल्ला टन्सर केससी (ट्रकिस एयरलाइन्स), रित्तल राना (मिडभ्याली इन्टरनेश्नल कलेज), टासी गरुङ्ग (हिमालयन कैलास ट्राभल्स एण्ड ट्रर्स), मन्जनी श्रेष्ठ (समिट एयर), टिका राम सापकोटा (नेपाल भ्याकेसन) र राम बाराकोटी (हाइकिङ एडभेन्चर ट्रेक्स) रहेका छन् ।
पाटा नेपालले कार्यसमितिमा लाक्पाफुटी शेर्पा (लग्क्जरी डिएमसी), सुनीलक्मार भुसाल (प्रिमियर होटल स्कुल), लिला भण्डारी (गोइङ नेपाल), सञ्जयभक्त माथेमा (एसडियु ट्राभल), पृथ्वी श्रेष्ठ (नेपाल खाजे ट्राभल) र कुलप्रसाद सुवेदी (हिमालयन स्माइल ट्रेक्स) सहित बैकल्पिक पदाधिकारी तथा सदस्यहरु समेत चयन गरेको छ ।
कार्यक्रममा पाटामा योगदान पु¥याउने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । रवीन्द्रराज पाण्डेलाई पाटा पर्सनालिटी अफ द ईयर, स्टुडेन्ट च्याप्टरहरु मध्ये मिड भ्याली इन्टरनेश्नल कलेजलाई बेष्ट स्टुडेन्ट च्याप्टर अफ द ईयर, पाटा सचिवालयमा २३ वर्ष लामो सेवा पु¥याएका कर्मचारी मिना खड्का र पाटा नेपाल स्टुडेन्ट च्याप्टरमा आवद्ध विद्यार्थी सगरमाथा आरोही निसा भोटे लगायतलाई सम्मान एंव कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा पाटाका अन्तर्राष्ट्रिय सिईओ डा. मरिओ हार्डी, आमन्त्रित प्रमुख वक्ता स्टु लियोड र नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैधलगायतको उपस्थिति रहेको थियो ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…