मिलेर काम गरे २० लाख पर्यटक भित्र्याउन कठिन छैन : पाटा अध्यक्ष ठाकुर
प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपालको ४३ औं साधारण सभाबाट अध्यक्षमा विभुति चन्द ठाकुर भर्खरै चयन भएका छन् । पर्यटन व्यवसायमा क्रियाशील ठाकुर पर्यटन क्षेत्रको विकास र विस्तारमा पाटाको महत्वपूर्ण भूमिका रहेको बताउँछन् । भ्रमण वर्ष सफल बनाउन सरकार र सरोकारवाला निकायबीच निरन्तर सहकार्य हुनुपर्ने उनको धारणा छ । नवनिर्वाचित अध्यक्ष ठाकुरसँग हाइलाइटस् टुरिजमकालागि विवेक गुरुङले गरेको कुराकानी :
तपाईको आगामी कार्य योजना के छ ?
पहिले हामी कार्यसमितिको बैठक बस्छौँ र कार्ययोजना निर्माण गर्ने छु । हाम्रो विशेष गरि तीन उद्देश्यहरु विश्वास, लक्ष्य र उपलब्धिलाई महत्वका साथ अगाडि बढाउँछु । भावी योजना बनाएर विभिन्न उपसमिति गठन गरिने छ । एउटै ब्यक्तिले सबै ठाउँमा काम गर्ने नसक्ने भएकोले उपसमिति बनाएर कुन सदस्य केमा पोख्त छ, हरेर जिम्मेवारी बाँडफाँड गरिने छ । जस्तै : मार्केटिङ, होटल, नागरिक उड्डयन र यातायात लगायतको क्षेत्रका कसरको राम्रो छ त्यसलाई जिम्मेवारी दिने छौँ । बाँडफाँड गरेर कामलाई गरे सम्पन्न गर्न सजिलो हुने गर्दछ । एकै जनालाई धेरै कामको जिम्मेवारी दियो भने चुनौति धेरै मोल्नु पर्ने हुन्छ र अपेक्षा अनुरुप प्रतिफल निस्कदैँन । कामको विकेन्द्रीकारण हुनै पर्दछ ।
सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सम्बन्धी पाटाको योजना के छ ?
हामी विशेष गरि सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० मै केन्द्रित हुने हो । भ्रमण वर्ष अति महत्वपूर्ण कार्यक्रम हो । यो भनेको एउटा भिजन हो । मेरो अनुभव पर्यटन क्षेत्रमा छ । हेर्दा गाह्रो देखे पनि यहाँको प्राकृतिक सौन्दयता, संस्कृति सम्पदा, रीतिरिवाज र कलाकौशल प्रशस्त भएकोले भ्रमण वर्षमा २० लाख पर्यटक सजिलै ल्याउन सकिने सम्भावना छ । यसमा अलिकति ब्यवस्थित भएर लाग्नु पर्ने हुन्छ । कुनै पनि लक्ष्य पूरा गर्नका लागि उद्देश्य हुनै पर्छ । यसमा पाटा एउटा भाग मात्र हो । सबै काम हामी मात्रै गर्न सक्दैनौं, आफ्नो तहबाट गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने छौं । नाटा, हान, टानलगायत सबैले मिलेर काम गर्ने हो भने लक्ष्य पूरा हुन्छ । अहिले कसले के गर्यो भनेर हेर्ने अवस्था होइन । होस्टेमा हैंसे गरेर अगाडि बढ्नु पर्ने बेला हो । अगाडि बढिएन भने भिजन पूरा गर्न सकिदैन । ताक्ने तारा हो हामीले तर चन्द्रमामा पुगे पनि उपलब्धि मान्नु पर्छ भन्ने मेरो भनाई छ ।
२० लाख पर्यटक ल्याउन सकिन्छ भन्नु भयो । त्यस अनुरुप तयारी देखिदैँन के भने जस्तै होला त ?
सरकारले घोषणा गरि हाल्यो । यसमा अलिकति योजना बनाएर पर्यटनको एक सिजन देखि अर्को सिजनसम्म तोकेको भए राम्रो हुन्थ्यो । त्यसो भयो भने पर्यटन वर्षमा त्यहाँ जानु पर्छ है भन्ने हुन्थ्यो भन्ने मेरो बुझाई हो । तर केही छैन लिएको लक्ष्य पूरा गर्नु पर्ने हुन्छ । नेपालमा जनशक्तिको कमी छैन । नेपालीहरु कडा मिहनेत गर्न तयार छन् । नेपाली दायलु पनि भएकाले हरेको चुनौतिको सामना गर्ने क्षमता राख्छन् । अहिलेको मूल समस्या भनेको विमानस्थल र सडक यातायात हो । त्यसमा सरकारले ध्यान दिनु पर्ने हुन्छ ।
तत्कालका लागि पाटाको आफ्नै योजना के छ ?
सरकारी तहबाट जस्तो तयारी भए पनि पाटाले आफ्नै तरिकाले गरिरहने छ । फेब्रुअरी २१ देखि २४ गतेसम्म नेपाल, भारत र चीन सम्मिलित (नाइस) एक्सपो गर्ने तयारीमा जुटि रहेका छौँ । एक्सपोले भ्रमण वर्षलाई पनि सहयोग गर्दछ । अहिले विश्व बजारमा आर्थिक अवस्था अलि नाजुक रहेको कारणले अधिकांश पर्यटकहरु यताउति गर्न त्यति रुचाउँदैनन् ।
नेपालमा आउने पर्यटक कस्तो खालका हुन्छन् ?
यहाँ आउने अधिकांश पयर्टक मध्यम खालका हुन्छन् । चीन र भारतका राम्रो आर्थिक अवस्था हुने पर्यटक युरोप, पेरिस, अमेरिका लगायतका ठाउँमा जाने गर्छन् । पाटाको ध्यान कसरी गुणस्तरीय अमेरिका र युरोपका पर्यटकहरु ल्याउन सकिन्छ त्यसका केन्द्रित रहने छौँ । केही समय अगाडि भारतमा जाँदा जयपुर, जोधपुर विमानस्थलमा चिनियाँ पर्यटकले भरिएको देखियो । उनीहरुलाई कसरी नेपाल ल्याउन सकिन्छ । भारतीय पर्यटकलाई सम्झाउन अलि सजिलो छ तर चिनियाँलाई सम्झाउन अलि कसरत गर्नु पर्ने हुन्छ । ती पर्यटकलाई नेपालमा तन्न सकियो भने भ्रमण वर्षको लक्ष्य सजिलै पूरा गर्न सकिने छ ।
पाटाले कस्ता पर्यटक भित्र्याउन सक्ने अवस्था छ ?
पाटाले नेपालमा ल्याउने पर्यटक हाइक्लासका हुन्छन् । विदेशमा एयरफेयर सस्तो होला तर होटेलहरु महंगो हुन्छ । हाम्रोमा एयरफेयर महंगो छ तर होटलहरु सस्तो रहेको छ । पछिल्लो एक वर्षमा मेरो आफ्नै ट्राभल एजेन्सीले एक सय भन्दा बढी चिनियाँ पर्यटक भित्र्याएको थियो । उनीहरु द्वारिका र ताज सफारीमा बसेका थिए । उनीहरुलाई हाईक्लास पर्यटक नै मान्नु पर्दछ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…