पर्यटन वर्षको उद्घाटनमा मार्चपासका लागि सहकारी, गैसस र वन उपभोक्ता महासंघबाट तीन सय जना आउने
–विवेक गुरुङ
काठमाडौ“– सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई नेपालीहरुको साझा अभियानका रुपमा मनाउनु पर्ने बताएका छन् ।
मंगलबार नेपाल पर्यटन बोर्डमा राष्ट्रिय सहकारी महासंघ, गैरसरकारी संस्था महासंघ र सामुदायिक वन उपभोक्ता महासंघसँगको छलफलमा मन्त्री भट्टराईले भ्रमण वर्षलाई सबै एकताबद्ध भएर साझा अभियानको रुपमा मनाउनु पर्ने बताए ।
पर्यटन क्षेत्रलाई नेपालको मूल आर्थिक आधारको रुपमा विकास गर्न आवश्यक भएको बताउँदै उनले यसका लागि सबै सम्पदा नेपालमै रहेको बताए ।
कृषि, वन, जलस्रोत पनि आर्थिक स्रोतको एक अभिन्न अंग भए पनि त्यो भन्दा मुख्य पर्यटन क्षेत्र भएको उनको भनाई थियो । ‘भ्रमण वर्ष पछि नेपालमा वर्षिक एक करोड पर्यटक आउने वातावरण बनाउनु पर्ने छ । यसका लागि आगामी १० वर्ष पर्यटकीय वर्षका रुपमा लैजानु पर्ने छ,’ उनले भने ।
मन्त्रीले एक प्रसंगमा नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमता वार्षिक ७० देखि ८० लाखमात्र भएको बताउँदै त्यसलाई ब्यवस्थापन गर्न निजगढ विमानस्थललाई वैकल्पिक रुपमा बनाउन लागेको बताए ।
छलफलमा सहभागी तीन वटै संस्थाका प्रतिनिधिले पर्यटन वर्षमा सरकारले तोकेका जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । यसका लागि मार्चपासका लागि चहिने सम्पूण जनशक्ति उपलब्ध गराउने उनीहरुले बताए । सहकारी महासंघ, गैसस महासंघ, वन उपभोक्ता महासंघले एक/एक सय जना गरी तीन सय जनालाई मार्चपासका लागि सहभागी गराउने भएका छन् । उक्त संस्थाहरुले प्रदेश स्तरमा पनि स्थानीय प्रतिनिधिलाई परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
भ्रमण वर्ष पौष १६ गते दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । त्यसका लागि पौष १३ बाट त्यसको प्रहसन गर्ने तयारी छ । यसका साथै सरकारले डिसेम्बर २५ देखि त्रिभुवन विमानस्थललगायत ठमेल र पोखराको लेकसाइडमा विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…