गण्डकीमा झाँकी प्रर्दशन गर्दै भ्रमण वर्ष शुभारम्भ हुने
चिप्लेढुङ्गा– गण्डकी प्रदेश सरकार र पर्यटन व्यवसायीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आन्तरिक गृहकार्यलाई तीव्रता दिएका छन् । पर्यटकीय नगरी पोखरामा आन्तरिक एवं बाह्य पर्यटकलाई अझ आकर्षित गर्न यही पुस १६ गते विशेष कार्यक्रम आयोजना हुँदै छ ।
नेपाल भ्रमण वर्षलाई औपचारिकरूपमा स्वागत गर्न गण्डकी प्रदेशका वन, उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालको संयोजकत्वमा १५ उपसमिति गठन गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटकीय शहर भएकाले पनि भ्रमण वर्षको सन्देशलाई देश–विदेशसम्म पुर्याउन औपचारिक कार्यक्रमलाई भव्य बनाउने तयारी भएको मन्त्री लम्सालले जानकारी दिँदै भने, ‘गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ पनि समाप्त हुँदैछ । हामीले समीक्षा गर्नेछौँ, नेपाल भ्रमण वर्षलाई सफल बनाउन प्रदेश सरकारको विशेष पहल हुनेछ ।’
उनले गण्डकीको संस्कृति, प्रकृति र साहसिक खेललाई अन्तरराष्ट्रिय जगत्मा पुर्याउन प्रचार–प्रसार साथै पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएको उल्लेख गरे ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमखु काशीराज भण्डारीले सरकारको योजनालाई सफल बनाउन र गण्डकी प्रदेशको पर्यटनलाई अझै उचाइमा पुर्याउन भ्रमण वर्षको औपचारिक उद्घाटन कार्यक्रमले पनि महत्व राख्ने बताए। हरेक वर्ष यहाँ आयोजना हुने सडक महोत्सवबाट भ्रमण वर्षको प्रचारप्रसारमा सहयोग पुगेको उहाँले विश्वास व्यक्त गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले भ्रमण वर्ष सफल पार्न निजी क्षेत्रबाट काम भएको जानकारी दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतमा हुने सो कार्यक्रममा गण्डकी प्रदेशको ११ वटै जिल्लाबाट सांस्कृतिक झाँकी प्रर्दशन गरिने कार्यक्रमका सहसंयोजक अग्नि कँडेलले बताए । औपचारिक कार्यक्रममा ११ जिल्लाको सांस्कृतिक झाँकी, कृषि उपज प्रदर्शनी, हस्तकलालगायतको प्रर्दशनी र विभिन्न सङ्घसंस्था, विद्यार्थी, उद्योगी, व्यापारीसहितको र्याली निकालिने आयोजकले जनाएका छन् । सोही अवसरमा पोखरा फेवा किनारमा रहेको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने प्रयास हुने छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…