December 29, 2019

पोखरामा सडक महोत्सव, रत्न मन्दिर र हिम गृहलाई पर्यटकीय गन्तव्य बनाइने

Pokhara street Festivalपोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेबान) पोखराद्वारा आयोजित २१औँ संस्करणको सडक महोत्सवका आयोजना गरिएको छ । महोत्सवको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरेका हुन् ।

मन्त्री भट्टराईलदे रत्नमन्दिर र हिमागृहलाई खुला गरेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल ट्रष्टको स्वामित्वमा रहेका ती दुई दरबारलाई खुला गरेर पर्यटकको गन्तव्यका रुपमा विकास गर्न लागिएको उनले जानकारी दिए ।

‘रत्नमन्दिर र हिमागृहलाई भाडामा दिनेभन्दा पनि पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्दछ । यसले पोखराको पर्यटनलाई थप विकास गर्न सहयोग पुग्दछ’ उनले भने ।

भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज लगायतका शहरबाट पोखरामा हवाई सेवा शुरु गरिने पनि मन्त्री भट्टराईले जानकारी दिए ।

प्रदेशसभा सदस्य राजीव पहारीले नयाँ वर्षमा रत्नमन्दिर खुला गर्ने तयारी रहेको जानकारी दिँदै यसको भौतिक पूर्वाधार विकासका लागि रु २५ लाख विनियोजन गरिएको बताए ।

Pokhara street Festival
सडक महोत्सवमा चिनियाँ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको प्रवर्द्धनमा सडक महोत्सवले योगदान दिएको चर्चा गर्दै पर्यटन विकासका लागि गुरुयोजना बनाएर अघि बढ्ने स्पष्ट पारे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले रत्नमन्दिर र हिमागृहलाई भाडामा दिए फेरि आन्दोलनमा जाने चेतावनी दिँदै यसलाई पर्यटनको आकर्षण बनाउनुपर्ने माग गरे ।

रेबानका कार्यवाहक अध्यक्ष सङ्घर्ष विष्टले पोखरा सडक महोत्सवले नेपालको गौरव बढाएको उल्लेख गरे । महोत्वसका संयोजक लक्ष्मण बरालले देशको आर्थिक वृद्धिमा समेत सडक महोत्सवले टेवा पुगेको चर्चा गरे ।

Pokhara street Festivalमहोत्सवको उद्घाटनका अवसरमा आयोजित झाँकी र्‍यालीमा पुनःसमाज पोखरा पहिलो हुँदै रु ४० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । चिउली पार्चे तमु समाज दोस्रो हुँदै रु ३० हजार, नाग्ग्याल आधारभूत गुम्बा विद्यालय भएर रु २० हजार तथा फेवा डुङ्गा व्यवसायी सङ्घले सान्त्वनासहित रु १० पुरस्कार प्राप्त गरेका थिए ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा आयोजना गरिएको महोत्सव पुस १६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा सांस्कृतिक, साङ्गीतिक र विभिन्न खानाका परिकार राखिनेछ भने नयाँ वर्षको भव्य शुभारम्भ गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Pokhara street Festival

Pokhara street Festival
महोत्सवको उद्घाटन गर्दै पर्यटन मन्त्री योगेश भट्टराई ।

सबै तस्बिरहरु : रासस ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…