December 29, 2019

टानको सय दिन, भ्रमण वर्षमा २० प्रतिशत छुट घोषणा

काठमाडौँ । ट्राभल्स एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) नयाँ कार्यसमितिले आफ्नो सय दिनको कार्य विवरण सार्वजनिक गरेको छ । टानका अध्यक्ष खुम सुवेदीले नेपाल भ्रमण वर्ष २०२०लाई लक्षित गरेर सदस्य संस्थाहरुको तर्फबाट २० प्रतिशत छुटको ब्यबस्था लागु गरिन लागेको बताए । गत भदौमा सम्पन्न ४१ औं वार्षिक साधारण सभाबाट सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन भएको थियो ।

टानले सय दिनमा गरेका काम

१. ट्रेकिंग क्षेत्रमा रहेका विद्यमान नीतिगत समस्याहरु सुधारका लागि संस्कृति पर्यटन मन्त्री ज्यू तथा पर्यटन सचिव ज्यूलाई पदाधिकारी एवं सदस्य ज्यूहरुले भेटी सुझाव पेश गर्‍यो ।

२. टिम्सको आवश्यकता र औचित्य बारे पूर्व अध्यक्ष ज्यूहरु, पूर्व महासचिव ज्यूहरु तथा वरिष्ठ पर्यटन व्यवसायीहरु र वर्तमान कार्यसमिति बीच एक गहन संयुक्त बैठकको आयोजना गरियो । उक्त बैठकबाट टिम्सको आवश्यकता रहेको विषयलाई समेटी टिम्सको प्रभावकारी कार्यान्वयनको लागि पर्यटन विभागका महानिर्देशक ज्यूलाई रिपोट पेश गरियो ।

३. बन्द भएका टिम्स चेकपोस्टहरु (छुमुवा, लाङटाङ) क्षेत्रमा पुनः स्थापनाको लागि स्थानीयहरुसँग छलफल भएको छ । छिटै विस्थापित टिम्स चेकपोस्ट पुनः सञ्चालनमा आउने छ ।

४. अन्य पदयात्रा क्षेत्रहरुमा टिम्सको चेकपोस्ट स्थापना गर्ने क्रममा मकालु बरुन, मन्थली र रसुवा क्षेत्रका जिल्ला प्रशासन कार्यालयसँग छलफल भएको छ । निकट भविश्यमा ती क्षेत्रमा टिम्सको चेकपोस्ट स्थापना गर्ने योजना रहेको छ ।

५. टिम्स चेकपोस्ट स्थापना गर्ने क्रममा रसुवाको वेत्रावती क्षेत्रमा टिम्सको चेकपोस्ट स्थापना गरिएको छ सन् २०२० को जनवरी १ तारेखबाट सञ्चलानमा आउने छ ।

६. विश्व पर्यटन दिवसको अवसर पारेर इन्द्रदह हुदै कालुपाण्डे स्मारक क्षेत्रमा वृहत हाईकिङ कार्यक्रमको आयोजना गरियो ।

७. पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको २६ औं वार्षिक साधारण सभामा संघका पदाधिकारी एवं सदस्यहरुले सहभागिता जनाउनुको साथै नजिकैको टिम्स चेक पोस्टहरुमा अनुगमन गरियो ।

८. रामेछाप, मन्थली क्षेत्रमा लुक्ला रामेछापको उडान सम्बन्धी समस्या लगायत अन्य पर्यटन सम्बन्धी समसामयिक विषयलाई लिएर मन्थली नगरपालिकाका नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकारणका प्रमख, उद्योग बाणिज्य संघ रामेछाप, प्रहरी नायव उपरिक्षक र यस संघका पदाधिकारी एवं सदस्यहरु बीच बैठकको आयोजना गरियो ।

९. विगत ५ वर्षदेखि टानले पाउनु पर्ने रकम तथा नेपाल पर्यटन बोर्ड र टानको संयुक्त कोषमा रहेको रकम चुलिएर बसेको छ । प्रवर्द्धनात्मक कार्यक्रमको लागि खर्च गर्न नसकिरहेको अवस्था छ । टिम्सको समस्या समाधानको लागि पूर्व अध्यक्ष श्री रमेश प्रसाद धमला ज्यूको संयोजकत्वमा ९ सदस्यीय टिम्स समस्या समाधान समिति गठन गरिएको छ । उक्त समितिले टिम्सका समस्याहरु समाधान गर्न सफल हुने छ भन्ने अपेक्षा गरिएको छ ।

१०. सिंधुपाल्चोक, रसुवा र रामेछाप क्ष्ँेत्रका स्थानीयहरुलाई आधारभुत कुक र आतिथ्य सत्कार तालिमको आयोजना गर्ने तयारी भएको छ ।

११. नेपाल भ्रमण वर्षको अवसर पारेर नयाँ वर्ष २०२० लाई लक्षीत गरि क्यालेन्डर र डायरी छपाउने तयारीमा रहेको छ । यी सामाग्रीहरु विभिन्न राजदुतावासहरुमा, विभिन्न देशहरुमा आयोजना हुने मेला तथा सेमिनारहरुमा वितरण गरिने योजना रहेकोले यसले पर्यटन प्रवद्र्धनमा सहयोगी भूमीका खेल्ने अपेक्षा गरिएको छ ।

१२. साधारण सदस्यहरुको संख्यामा वृद्धि भएको छ । वर्तमान कार्यसमिति प्रवेश गरे पश्चात ३० जना साधारण सदस्यहरुले साधारण सदस्यता लिएका छन् ।

१३. पदयात्रा क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन No trekking without guide and porter को सूचना बोर्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अध्यागमन विभाग परिसरमा राख्ने कार्य गरियो । सिघ्र नै नेपाल पर्यटन बोर्ड र टिम्स काउण्टर, ठमेल परिसरमा बोर्ड राख्ने तयारीमा रहेको छ । विदेशी पाहुनाहरु प्रवेस गर्ने क्षेत्रमा राखीएको यो सूचना बोर्डले गाईड र पोटर लिएर मात्र पदयात्रा जानै पर्ने जानकारी प्रदान गर्नेछ ।

१४. TAAN, UNITRAV, TGAN र अखिल नेपाल क्रन्तिकारी पर्यटन मजदुर संघका प्रतिनिधिहरुले वन तथा वातावरण मन्त्री माननीय शक्ति बहादुर बस्नेतसँग भेटभाट गर्‍यो । सगरमाथा राष्ट्रिय निकुञ्जले गाईडहरुलाई लिएको १५०० शुल्क अव्यवहारीक भएको, विभिन्न राष्ट्रिय निकुञ्जहरुमा वृद्धि गरिएको प्रवेस शुल्क, शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र गरिने गतिविधिहरुको लागि प्रवेस शुल्कका साथै गतिविधि समेतको शुल्क, पदयात्रा क्षेत्रमा पलस्टिक जन्य बस्तुहरुलाई लैजान निरुत्साहीत गर्न वन तथा वातावरण मन्त्रालयले विशेष भूमिका खेल्न अनुरोध गर्दै ज्ञापन पत्र बुझायो ।

१५. ह्याम्स अस्पतालमा उपचार गर्ने संघका साधारण सदस्यहरुलाई १० प्रतिशत छुटको व्यवस्थाको लागि टान र ह्याम्स अस्पताल बीच सम्झौता भएको छ । निकट भविश्यमा अन्य अस्पतालहरु बीच पनि सम्झौता गर्ने तयारीमा संघ रहेको छ ।

१६. CWIN को समन्वय र PLAN Nepalको सहयोगमा टान सचिवालय तर्फ र टिम्स तर्फका कर्मचारीहरुलाई २ दिने Genter Equality र Motivation तालिममा सहभागी गराइयो ।

१७. नेपाल भ्रमण वर्ष २०२० को संघारमा रहदै गर्दा काठमाडौं उपत्यकाको प्रदुषण नियन्त्रण, शहर भित्रको बाटो घाटोको मर्मत सम्भार, फोहोर व्यवस्थान, शहरको सुन्दरता कार्यम राख्न अपनाउनु पर्ने कार्यहरु, ट्राफिक जामको समस्या लागायत पर्यटकहरुको आवगत जावत हुने विशेष स्थानहरुमा मेवाईल शौचालयको थप व्यवस्थापन गर्न वातावरण विभागका निर्देशकसँग भेटी सबैको सहयोग र समन्वयको लागि पहल गर्न अनुरोध गरियो ।

१८. CWIN को समन्वय र PLAN Nepalको सहयोगमा पर्यटन क्षेत्रमा काम गर्ने सबै कर्मचारीहरुलाई सुरक्षाको अनुभुति हुनको साथै एक मर्यादित काम गर्ने क्षेत्र महसुस होस भन्ने हेतुले Code of conduct तयार गरि हस्ताक्षर गरिएको छ । gender euqlaity, child protection, ethical hiring and decent work place ljifodf Code of conduct मा हस्ताक्षर गरिएको छ । यो Code of conduct पर्यटकहरुलाई र यस क्षेत्रमा काम गर्ने सबैको हितको लागि तयार गरिएको हो । यो कोड आफ कन्डक्ट लागू गर्न सबै साधारण सदस्यरुलाई फेसबुक तथा वेवसाईटमा राखी जानकारी गराउने योजना रहेकोछ ।

१९. नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानसँग सहकार्य गरि सामान्य लेखपढ भएकाहरुका लागि ट्रेकिङ पोटर गाईड तालिम यही माघबाट सञ्चालन गर्न लागिएको छ ।

२०.संघका साधारण सदस्य ज्यूहरुलाई आफनो व्यवसायको प्रचार प्रसारका साथै नेपालको समेत प्रवर्द्धन गर्ने हेतुले सन् २०२० को ] February 8-9 df Chicago र February 16-17 मा Los angles मा आयोजना हुने Travel Adventure Show मा हाम्रा साधारण सदस्य ज्यूहरुलाई सहभागीता गराउन १८ वटा स्टल बुक गरेका छौं ।

२१. निकट भविश्यमा मेलम्ची क्षेत्रमा टिम्स चेकपोस्ट स्थापना गर्ने तयारी भइरहेको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…