December 31, 2019

सौराहा महोत्सवमा हात्ती पोलोको राैनक

काठमाडाैं– सौराहामा हात्ती महोत्सवमा हात्ती पोलो खेल पनि सुरु भएको छ । हात्ती पोलोमा यो पटक पोलोमा चार टिम सहभागी छन् ।

सोमबार भएको पहिलो खेलमा खैरहनी नगरपालिकाले कालिका नगरपालिकालाई पराजित गरेको छ । खैरहनीले पाँच गोल गर्‍यो । कालिकाले गोल गर्न सकेन । हात्तीमाथि बसेर पोलो स्टीकको सहयोगले क्रिकेट बल आकारको बललाई पोस्टतर्फ हुत्याउँदै यो खेल खेलिन्छ ।

हात्ती महोत्सव यो पटक १६ औं पटक हो । १३ औं हात्ती महोत्सवदेखि यहाँ हात्ती पोलो हुँदै आएको छ । मंगलबारको खेलमा राप्ती र रत्ननगर नगरपालिका भिड्दै छन् । पोलोको फाइनल खेल शुक्रबार हुने छ । हात्ती महोत्सव पनि सोही दिन सकिने छ ।

सोमबार छावाहरुको फुटबल खेल पनि भएको थियो। नाटा र भियना वर्ड मुम्बइबीच भएको छावा फुटबलमा नाटा विजयी भयो । निर्धारित सात मिनेट र थपिएको पाँच मिनेटभित्र पनि दुवै टिमले गोल गर्न सकेनन् । त्यसपछि भएको पेनाल्टी प्रहारमा अरु छावाले प्रहार गरेको बल गोलमा परिणत भएन । तर नाटाको सौराहा गजको बल पोस्टमा छिर्‍यो । उपाधिका लागि नाटाले शुक्रबार चितवन उद्योग संघसँग भिड्ने छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…