चुम उपत्यकामा श्याग्या शताब्दी महोत्सव हुने
काठमाडौँ । उत्तरी गोर्खाको चुम उपत्यकामा आउँदो वैशाखमा चुम श्याग्या शताब्दी महोत्सव आयोजना गरिने भएको छ । शुक्रवार नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी कार्यक्रम बारे जानकारी गराइएको हो ।
‘अहिंसाको अभियान, चुमबासीको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको महोत्सवको तयारी तीव्र गतिमा भइरहेको चुम श्याग्या शताब्दी महोत्सवको आयोजक समितिका अध्यक्ष निमा लामाले बताए ।
वि.स. १९७७ सालको बुद्ध जयन्तीको अवसर पारेर उक्त उपत्यकालाई अहिंसा क्षेत्र घोषणा गरिएको एक सय वर्षमा प्रवेश गरेको सन्दर्भ महोत्सव आयोजना गर्न लागिएको हो । विश्वमा अहिंसाको उपत्यका भनेर चिनाउनको लागि कार्यक्रम आयोजन गर्न लागेको अध्यक्ष लामाको भनाई छ ।
पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार अहिंसा क्षेत्र घोषणा गर्दा चुम भ्यालीमा सबै पक्षबाट कुनै पनि जीव–जनावर काटमार नगर्ने, सिकार नखेल्ने, मह नकाढ्ने, डढेलो नलगाउने, मासु जन्य व्यवसाय गर्न नपाउने, पशु वध पुर्णरुपमा निषेध गर्ने र अहिंसा क्षेत्र कायम राख्ने प्रतिबद्धता जनाएको थियो ।
त्यो प्रतिबद्धता गरेको ९९ वर्ष पुगेर सय वर्षमा प्रवेश गरेको अवसरमा वैशाख ५ गतदेखि ८ गतेसम्म चुम श्याग्या शताब्दी महोत्सव अर्न लागिएको आयोजकले बताएको छ । आयोजक समितिका अनुसार महोत्सवको उद्घाटन राष्ट्र प्रमुखबाट गराउने उद्देश्य रहेको छभने विभिन्न सय वृक्षारोपण, एक सय लुङदात्तोलन गर्ने र परम्परागत घोडे जात्रा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
आयोजक समितिका अध्यक्ष लामाले महोत्सवमा करिब एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…