काठमाडाैं– बुधबारदेखि शनिबारसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भयाे । अन्य क्षेत्रमा हिउँदे वर्षाका कारण चिसो अत्यधिक बढ्यो । वर्षा र हिमपातका जनजीवन प्रभावित बने पनि हिउँमा रमाउन आन्तरिक पर्यटक भीड बढेको थियो । आइतबार देखि भने माैसममा सुधार आएको छ ।