January 7, 2020

बेइजिङमा नेपाल भ्रमण वर्ष २०२०

Visit nepal in beijing

काठमाडौं । चीनस्थित नेपाली राजदूतावासले ‘भ्रमण वर्ष २०२०’ को प्रवर्ध्वका लागि मंगलबार बेइजिङमा एक कार्यक्रमको आयोजना गरेको छ । चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालले चिनियाँ नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गरे ।

उनले नेपाल पुग्ने पर्यटकले प्रकृति, संस्कृित र साहसिक पर्यटकीय आकर्षणमा आनन्द लिनसक्ने जानकारी दिए । सो अवसरमा राजदूत पौड्यालले चिनियाँ राष्ट्रपति सी चिनफिङले गत असोजमा नेपाल भ्रमणका क्रममा भ्रमण वर्ष सन् २०२० सफलताका लागि दिएको शुभकामना स्मरण गरे ।
उनले यस वर्ष आयोजना हुने कार्यक्रमले दुई देशका जनताबीचको सम्बन्ध प्रगाढ बनाउन सघाउने विश्वास व्यक्त गरे । बेइजिङ पिपुल्स एशोसिएशन फर फ्रेण्डसिप उइथ फरेन कन्ट्रिजका कार्यकारी उपाध्यक्ष झाङ क्विनले नेपाल चिनियाँ पर्यटकका लागि मनपर्ने गन्तव्य बन्दै गएको बताए । भ्रमण वर्ष सन् २०२० ले बढीभन्दा बढी चिनियाँलाई यहाँको फरक प्राकृतिक र सांस्कृतिक समृद्धि हेर्नका लागि नेपाल घुम्न प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे ।

भ्रमण वर्ष सफलताका लागि नेपालको पर्यटन प्रवर्ध्वनमा पूर्ण रुपले सहयोग गर्ने उहाँले प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा सरकारका प्रतिनिधि, कूटनीतिक क्षेत्र, निजी क्षेत्र र व्यावसायिक क्षेत्र र नेपाली समुदायकोे उपस्थिति थियो । दूतावासले कुमारी नृत्यबाट सहभागीलाई स्वागत गरेको थियो भने उनीहरुलाई नेपाली खाना दिइएको थियो । सो कार्यक्रममा भ्रमण वर्षका बारेमा प्रस्तुती गरिएको दूतावासले जनाएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…