भ्रमण वर्षको व्यानर अमेरिकादेखि अफ्रिकाका हिमालसम्म
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रचार स्वरुप नेपाली पर्वातारोहीहरुले दक्षिण अमेरिका र अफ्रिकाका सबैभन्दा अग्ला हिमालहरु चुमेका छन् । उनीहरुले भ्रमण वर्षको व्यानरसमेत ती हिमालको चुचुरोमा पुर्याए ।
चार नेपाली आरोहीले दक्षिण अमेरिकाको उच्च शिखर माउन्ट एकोनकागुआको शिखरमा नेपाल भ्रमण वर्षको व्यानर पुर्याएका छन् । उनीहरुले यही जनवरी ४ तारिखका दिन ६ हजार ९ सय ६२ मिटर उचाईको उक्त हिमालको सफल आरोहण गरेका हुन् ।
टासी लक्पा शेर्पाको नेतृत्वमा रहेको टोलीमा कर्म तेन्जिङ शेर्पा, हलुङ दोर्जे शेर्पा र सतिशमान पातीसहित ५० जना भन्दा धेरै विदेशी पर्वतारोही थिए । टोली नेता टासीले भने, ‘नेपालको पर्यटन वर्ष प्रवर्द्धन स्वरुप विश्व आरोहीहरुलाई सन् २०२० मा नेपाल आउन आग्रह गरेको छु ।’
टोलीले अभियान अन्तर्गत सात वटै महाद्वीपका सबै सात उच्च चुचुरो आरोहण गर्ने छन् । ‘यसका लागि अब अन्टर्कटिकाको माउन्ट भिन्सन र अष्ट्रेलियाको माउन्ट कारस्टेन्ज पिरामिडको चुचुरामा पुग्न बाँकी छ’ उनले भने ।
यसअघि नै टोलीले सगरमाथा, माउण्ट डेनाली, एल्ब्रास र किलिमन्जारो आरोहण गरिसकेका छन् ।
दुई आरोही किलमिन्जारोमा
त्यसैगरी नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्न दुई शेर्पा पर्वतारोहीले अफ्रिकाको सबभन्दा अग्लो शिखर माउन्ट किलिमन्जारो सफलतापूर्वक आरोहण गरेका छन् ।
डिसेम्बर २५ तारिखमा निङ्मा लामा शेर्पा र पासाङ शेर्पाले ५ हजार ८ सय ९५ मिटर उचाईमा हिमालको शिखरमा नेपाल भ्रमण वर्षको व्यानर पुर्याएका हुन् । निङ्मा एडभेन्चर स्माल वर्ल्ड ट्रेक्स एण्ड एक्स्पेडिशन र पासाङ नेपाल ट्रेकिङ टुरिजम् एण्ड एडभेन्चरबाट गएका हुन् ।
नेपाल फर्किसकेपछि निङ्माले भने, ‘हामीले नेपाल भ्रमण वर्ष २०२० को ब्यानर बोकेर किलिमन्जारो पर्वतमा पुगेका हौं । किलिमन्जारो पर्वतमा नेपाल भ्रमण वर्षको ब्यानर बोकेर जाने हामी पहिलो हौं ।’
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…