नाटामा तीन समूहको उम्मेदवारी, नेतृत्वमा गुरागाई, पन्त र शाहको उम्मेदवारी
काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्ट्स (नाट्टा) को आउँदो माघ ३ गते हुने निर्वाचनका लागि तीन समूहको प्यानलको उम्मेदवारी परेको छ । नाट्टाको ५३ औँ वार्षिक साधारण सभामा हुने निर्वाचनका लागि बुधवार उम्मेदवारी दर्ता गरिएको हो ।
तीन प्यानलको नेतृत्व गर्दै उम्मेदवारी दिनेमा नाट्टाका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाई, पूर्व महासचिवद्वय भीम प्रसाद पन्त र मिहिका राज्य लक्ष्मी शाह रहेका छन् ।
शाहको समूहमा वरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिव कमला गुरुङ, सचिव अमृत ढकाल, कोषाध्यक्ष देवकी गुरुङ र सहकोषाध्यक्षमा फूदोमा शेर्पा रहेका छन् । त्यसै गरी सदस्यहरूमा विजय राई, सुजिता गजमेर, विष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजंग पाण्डे, सृजना महर्जन र राजकुमार देवकोटाले मनोनयन दर्ता गरेका छन् ।
गुरागाई समूहमा वरिष्ठ उपाध्यक्षमा यज्ञमुर्ति आचार्य, उपाध्यक्षमा तारा बास्तोला, महासचिवमा राकेश धमला, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा पासाङ दावा शेर्पा छन् भने सदस्यहरूमा सुवास महर्जन, परशुराम घिमिरे, प्रमोद दाहाल, नवराज भेटवाल, शरदकुमार दाहाल र रमेश थापाले मनोनयन दर्ता गरेका छन् ।
यस्तै पन्त समूहमा वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा सुधीर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ, सह–कोषाध्यक्षमा युविका भण्डारी छन् भने सदस्यहरूमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल(रेजु), सुवर्ण श्रेष्ठ, रामशोभित नायक र हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा र चुडा बहादुर जिम्बाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…