January 9, 2020

नेपाली र कोरियाली चित्रकारका चित्र प्रदर्शनी

 

काठमाडौं । नेपाली र कोरियाली चित्रकारहरुको चित्रकला प्रदर्शनी बुधबार राजधानीमा सुरु भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा गरिएको यो प्रदर्शनी नेपाल कोरिया कल्चर सेन्टरले आयोजना गरेको हो।

प्रर्दशनी एक सातासम्म जारी रहने छ । पाँच नेपाली र चार कोरियाली चित्रकारहरुले तयार पारेका चित्रहरु प्रर्दशनीमा राखिएका छन् ।

नेपाली चित्रकार धनु याक्खा, नर बहादुर वि.क‍., लालकाजी लामा, प्रमिला परियार वि.क. र जेनी घलेका चित्रहरु प्रदर्शनीमा छन् भने कोरियाली चित्रकारहरु रिम योङ्ग तेक, डु सियोङ्ग, फार्क हेङ्ग सुन र डु हे जङ्गका चित्रहरु छन् ।

नेपाल कोरिया कल्चर सेन्टरकी अध्यक्ष प्रगती राईले नेपाली र कोरियाली चित्रकारका संयुक्त चित्रकला प्रदर्शनीले दुई देशबीचको मित्रतालाई अझै गाडा बनाउने बताइन् ।

नेपाल एकेडेमी अफ फाईन आर्टस्का भाईसचान्सलर गोपाल चित्रकारले कोरिया र नेपाली चित्रकारहरुको यो सहकार्यले एउटा पुलको रुपमा काम गर्ने बताए । साथै यस्तो संयुक्त कार्यलाई जारी राख्नु पर्ने बताए ।

यस्तैगरि कोरियाली कवि किम ह्योङ ह्योले प्रर्दशनीले नेपाल र कोरियाका कलाकारहरुबीचको सम्बन्धलाई अझै बलियो बनाउने बताए । ‘हरेक वर्ष नेपाल आउँछु कहिले साहित्य, कहिले पर्यटक त कहिले चित्रकारहरुलाई लिएर, नेपाल आउछु । नेपाल मेरो ससुराली घर हो । त्यसैले आईरहन मन लाग्छ’ उनले भने ।

कोरियाली चित्रकार रिम र फार्कले पहिलो पटक नेपाल आउन पाएको खुसी ब्यक्त गरे । कार्यक्रमले नेपाल भ्रमण वर्षलाई थोरै भएपनि टेवा पुग्ने आयोजकको बुझाइ छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…