ललितकला प्रतिष्ठानको चित्रकला प्रदर्शनी सुरु
काठमाडाैं– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) ले २९८औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबारदेखि कला प्रदर्शनी सुरु गरेको छ ।
नक्सालसस्थित प्रतिष्ठानको परिसरमा सुरु भएको उक्त प्रदर्शनीमा चित्रकला (परम्परागत र आधुनिक) ७५, मूर्तिकला १९, फोटोग्राफी चार र लोककला चार गरी १०२ कलाकारका ११३ सिर्जना राखिएका छन् ।
आगामी माघ १ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शुभारम्भ गर्दै मुलुकको एकीकरणमा पृथ्वीनारायण शाहको महत्वपूर्ण योगदान रहेकाले नेपालीले सदैव उनलाई सम्मान गर्नुपर्ने जोड दिए ।
प्रतिष्ठानका कुलपति केके कर्माचार्यले शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई प्रवर्द्धन गर्न प्रदर्शनबाट सहयोग पुर्याइने विश्वास व्यक्त गरे । प्रदर्शनीका संयोजक तथा नाफाका सदसस्य सचिव विपीनकुमार घिमिरेले यस प्रदर्शनीबाट कलाकारको सीप उजागर भई उनीहरुलाई कला सिर्जनामा प्रोत्साहन अझ बढ्ने बताए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…