नाट्टामा गुरागाई समूहको उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्ट्स (नाट्टा) को आउँदो माघ ३ गते हुने निर्वाचनका लागि पूर्व वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाई समूहले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको छ । पत्रकार सम्मेलन गरेर दश सदस्यीय कार्यसमिति सहितको समूह घोषणा गरेको हो ।
नाट्टाको ५३ औँ वार्षिक साधारण सभामा हुने निर्वाचनका लागि तीन समूहले उम्मेदवारी दिएका छन् । गुरागाई प्यानलमा वरिष्ठ उपाध्यक्षमा यज्ञमुर्ति आचार्य र उपाध्यक्षमा तारा बास्तोला, महासचिवमा राकेश धमला, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा कुमारमणि थपलिया र सहकोषाध्यक्षमा पासाङ दावा शेर्पाले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्यहरूमा परशुराम घिमिरे, नवराज भेटवाल र रमेश थापाले उम्मेदवारी दिएका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्याशी गुरागाईले नाट्टालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने, हिमालयन ट्राभल मार्ट, बुद्धिस्ट मार्ट र समग्र ट्राभल व्यवसायीहरूको व्यावसायिक समस्यालाई न्यूनीकरण गर्न आफू र आफ्नो टिम केन्द्रित हुने बताए ।
साथै नाट्टाको सुधार र विकासको लागि आफू लाग्ने पनि उनले उल्लेख गरे । नाट्टामा सदस्य, सचिव, महासचिव र उपाध्यक्षको भूमिक निर्वाह गरिसकेको बताउँदै संस्थाको सुधारको लागि मैदानमा उत्रिएको उनको भनाई थियो । गुरागाई सी एन्ड स्काइ टुर्स एण्ड ट्राभल्सका संञ्चलक हुन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…