खुलामञ्चमा माघ १ देखि पार्किङ गर्न नपाइने
काठमाडाैं– काठमाडौं महानगरपालिकाले बुधबारदेखि खुलामञ्चमा पार्किङ गर्न नदिने भएको छ।
महानगरपालिकाले गत शनिबार भएको अकुपाईं टुँडिखेलको कार्यक्रम अन्तर्गत अभियान्ताहरूको सहकार्यमा खुलामञ्चमा सूचना टाँस गरी पार्किङ गर्न नदिने निर्णय गरेको हो। खुलामञ्चमा पार्किङ गरेर अस्तव्यस्त भएको र खुला स्थान नभएको भन्दै अकुपाईं टुँडिखेलका अभियन्ताले त्यहाँ पार्किङ गर्न नदिन महानगरपालिकालाई पटक पत्राचार गर्दै आएका थिए।
‘आउँदो माघ १ गतेदेखि यस ऐतिहासिक खुलामञ्चको गरिमालाई कायम राख्न पार्किङ निषेध गरिने सम्पूर्णमा सूचित गर्न चाहन्छौं,’ काठमाडौं महानगर वडा २८ ले जारी गरेको सूचनामा उल्लेख छ।
खुलामञ्चमा सर्वसाधारणदेखि कर्मचारीसमेतले नि:शुल्क पार्किङ गर्दै आएका छन्। त्यहाँको वैकल्पिक पार्किङका लागि भने अहिले कुनै निर्णय गरिएको छैन।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…