नाट्टा निर्वाचन: प्राध्यापन छाडेर पर्यटन रोजेका गुरागाई
- वेद गुरुङ
काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्ट्स (नाट्टा) को अध्यक्षमा सी एन्ड स्काइ टुर्स एन्ड ट्राभल्सका सञ्चालक अच्युत गुरागाईले अध्यक्षमा उम्मेदवारी दिएका छन् । नाट्टा निर्वाचन आगामी माघ ४ गते हुँदैछ ।
सन् १९६६ मा नुवाकोटको दुप्चेश्वर– १ मा जन्मिएका गुरागाई २० वर्षदेखि पर्यटन क्षेत्रमा आबद्ध छन् । साधारण किसान परिवारमा जन्मिएका उनी गाउँमा हुँदा घर माथिबाट ट्रेकिङ, र्याटिङमा आउने ‘गोरा छाला’ भएका पर्यटकहरूबाट प्रेरित भएर यस क्षेत्रका लागेको बताउँछन् ।
बिस २०४१ सालमा एसएलसी पछि अध्ययनका लागि काठमाडौँ आएका गुरागाईसँग अध्ययनसँगै काम गर्नु पर्ने बाध्यता थियो । उनले अमेरिकी नागरिकले सञ्चालन गरेको माईक्स ब्रेक फस्टमा वेटरको काम पाए ।
भर्खरै सञ्चालनमा आएको उक्त रेष्टुरन्टमा केही समय काम गरेपछि कर्मचारी सञ्चय कोषमा काम गर्न पुगे । उनले लोकसेवा पास गरे पनि एक महिनामै राजीनामा दिएर पर्यटन क्षेत्रमा लागे ।
रत्न राज्य क्याम्पसमा पहिलो अङ्ग्रेजी ब्याचका स्नातकोत्तर गुरागाईले ट्रेकिङ, र्याफ्टिङ र ट्राभल्समा काम गर्दै आएका छन् । सन् १९९५ मा मास्टर सकेपछि उनी प्राध्यापन पेसामा लाग्ने की पर्यटन व्यवसायी बन्ने भनेर दोधारमा थिए । अन्ततः पर्यटन व्यवसायी बने ।
सन् १९९६ मा उनले सी एन्ड स्काइ टुर्स एन्ड ट्राभल्सको स्थापना गरे । सन् २००२ देखि लायन्स क्लब ईन्टरनेशनमा आबद्ध भएका उनी सामाजिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
सन् १९९९ मा गुरागाईलाई तत्कालीन कोषाध्यक्ष रामकाजी कोने गुरुङले नाट्टाको सदस्यता दिएका थिए । रामकाजी कोने गुरुङ अध्यक्ष हुँदा उनी नाट्टाको बोर्ड सदस्यमा चुनिए । पछि उनी सचिव, महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष भए ।
नाट्टा अध्यक्षमा उठ्न चाहेको उनको यो तेस्रो पटक हो । यसअघि दुई पटक उनले अरूलाई छाडेको बताए ।
‘सधैँ अरूलाई छाडेर अन्याय महसुस भएर यसपालि अध्यक्षमा उम्मेदवारी दिएको हुँ । यसपालि नछाड्ने अठोटका साथमा चुनावी मैदानमा छु,’ उनी भन्छन् । उनी जसरी हुन्छ, विदेशी पर्यटक धेरै ल्याउनु पर्छ भन्नेमा छन् ।
प्रतिबद्धताहरु:
- बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्टका दोस्रो र तेस्रो अडिसनसम्म अन्तर्राष्ट्रिय स्तरको बनाउने ।
- अन्तर्राष्ट्रिय एयर लाईन्सका सिइयोहरुलाई नेपालमा ल्याएर सम्मेलन गर्ने र नेपालको प्रमोसन गरी विश्व सामु पुर्याउने ।
- सार्क मुलुकहरूका टुर अपरेटरहरूलाई बोलाएर बिटुबी र सेमिनार गर्ने ।
- सदस्य कम्पनीहरुको सहज पहुँचका लागि नाट्टालाई थप व्यवस्थित गर्ने ।
- नाट्टाको वेबसाईटलाई सदस्य कम्पनीहरुको ब्यवसायिक हितमा अधिकतम उपयोग गर्ने । नाट्टाका सदस्यहरूको आपत्कालीन राहतकालागि कोष स्थापना गर्ने ।
- पर्यटन क्षेत्रको विकास र सम्भावनहरुको अध्ययन र अनुसन्धानका लागि रिसर्च सेन्टरको स्थापना गर्ने ।
- विशेष गरी चीन र भारतका टुर अपरेटरहरु र मिडियाकर्मीहरु बोलाएर एउटा ईभेन्ट गर्ने ।
- नेपालको सांस्कृतिक र ऐतिहासिक क्षेत्रको प्रवर्द्धन गर्ने ।
- नयाँ पर्यटकीय गन्तव्यको खोज अनुसन्धान गर्ने ।
- सरकारसँग सहमति हुन सकेको खण्डमा छाउनीमा रहेको सङ्ग्रहालयलाई नाट्टा अन्तर्गत लिएर केही रेभिन्यु तिरेर नाट्टामार्फत सञ्चालन गर्ने ।
- नाट्टा सदस्यहरूको हकहित र अधिकारका लागि निरन्तर काम गरिरहने ।
- नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरकारसँग सहकार्य गर्ने ।
टिमका सदस्यहरुः
वरिष्ठ उपाध्यक्ष: यज्ञमुर्ति आचार्य
उपाध्यक्ष: तारा बास्तोला
महासचिव: राकेश धमला
सचिव: गोविन्द दाहाल
कोषाध्यक्ष: कुमारमणि थपलिया
सहकोषाध्यक्ष: पासाङ दावा शेर्पा
सदस्यहरू: परशुराम घिमिरे, नवराज भेटवाल र रमेश थापा ।
थप यो पनि: नाट्टामा गुरागाई समूहको उम्मेदवारी घोषणा
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…