January 19, 2020

बेल्जियमका राजकुमारी नेपालमा, भ्रमण वर्षलाई सहयोग पुग्ने

प्रकाश सिलवाल

Princes of Belgiumकाठमाडौँ । एक साताका लागि नेपाल भ्रमणमा आएकी बेल्जियमका राजकुमारी अस्ट्रिडले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सफलता र नेपालको समृद्धिको कामना गरेकी छन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उनको सम्मानमा आईतबार आयोजना गरेको स्वागत समारोहका क्रममा भएको भेटवार्तामा राजकुमारी अस्ट्रिडले आफू नेपालमा क्षयरोग र कुष्ठरोग न्यूनीकरण अभियानमा भएका प्रगति हेर्न आएको उल्लेख गर्दै भ्रमण वर्ष सफलताको शुभकामनासमेत दिएकी हुन् । राजकुमारी अस्ट्रिड बेल्जियमका राजा फिलिपीका बहिनी हुन् । नेपालले पर्यटनलाई आर्थिक विकासको प्रमुख आधारका रुपमा स्थापित गर्न यही जनवरी १ देखि सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन शुरु गरेको छ । उनलाई आईतबार उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्लेले लामो समयपछि बेल्जियमबाट उच्चस्तरको भ्रमण भएकाले भ्रमणले युरोपेली र अन्य मुलुकबाट नेपालमा पर्यटक वृद्धि हुन टेवा पुग्ने बताए । सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र राजकुमारी अस्ट्रिडबीच भएको भेटमा क्षयरोग र कुष्ठरोग नियन्त्रणका विषयमा छलफल भएको थियो । त्यस अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललगायत सहभागी थिए । दुई देशबीचका आपसी सम्बन्ध र सहकार्यका क्षेत्रको विस्तारबारेसमेत छलफल भएको सहसचिव काफ्लेले जानकारी दिए । भेटवार्तापछि आयोजित स्वागत समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेशकुमार भट्टराई र उच्चअधिकारीले राजकुमारी अस्ट्रिडलाई स्वागत गरेका थिए । भ्रमणका अवसरमा राजकुमारी अस्ट्रिडले भ्रमणका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि अलगअलग भेटवार्ता गर्नेछिन् । राजकुमारी अस्ट्रिडले कैलाली, नवलपरासी र चितवनमा जारी रहेका क्षयरोग र कुष्ठरोग निवारण केन्द्रहरुको भवन उद्घाटन तथा ती क्षेत्रको अवलोकन पनि गर्ने परराष्ट्र मन्त्राललयले जनाएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…