बुद्ध एयरले जनकपुर-काठमाडौंकाे भाडा घटायाे
पर्यटन वर्ष २०२०
जनकपुर- पर्यटन वर्ष २०२० लाई लक्षित गरी बुद्ध एयरले जनकपुर-काठमाडौं उडानको भाडा घटाएको छ।
बुद्धले जनकपुरबाट काठमाडाैंका लागि नयाँ भाडा दर १ हजार ८ सय रुपैयाँ निर्धारण गरेको बुद्ध एयरका जनकपुर प्रमुख विजय सिंहले जानकारी दिए। यसअघि सस्तोमा २ हजार रुपैयाँदेखि महंगोमा ४ हजार ७ सय रुपैयाँसम्म थियो।
बुद्धले शुक्रबारदेखि भाडा घटाएको हो। बुद्ध एयरले भाडा घटाएपछि ग्राहकहरु खुसी भएका छन्। जनकपुरधाम विमानस्थलबाट माघ ६ गतेदेखि रात्रिकालीन विमान चलाइने तयारीसमेत भइरहेको छ। आवश्यक सम्पूर्ण तयारी पूरा भएपछि पहिलो र दोस्रो चरणको टेस्ट सम्पन्न भएकाले माघ ६ गतेदेखि प्रत्येक राति बुद्ध एयर जनकपुरधाम आउने सिंहले बताए।
सिंहका अनुसार रात्रिकालीन उडानका लागि विभिन्न चरणमा टेस्ट हुने गर्छ र त्याे प्रक्रिया सम्पन्न भइसकेको छ। यसअघि नै रात्रिकालीन सेवा सुरु गर्न आवश्यक रहेको ‘रनवे लाइट’ र ‘आइएफआर’ जडान भएर जाँचसमेत भइसेको छ।
रात्रिकालीन सेवाका लागि अन्य प्राविधिक कार्यहरु यसअघि नै पूरा भइसके छ। वरिपरी रहेका रुखहरु समस्याको रुपमा देखिएका कारण काटिएकाे छ। विमानस्थल वरिपरीका झण्डै चार सय रुख कटान गरिएको छ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…