चिनियाँ नाकामा ‘हेल्थ डेक्स’ स्थापना गर्न माग
काठमाडौँ– नेपाल एशोसियसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालसँग जोडिएका चिनियाँ नाकामा ‘हेल्थ डेक्स’ स्थापना गर्न माग गरेको छ ।
नाट्टाले सोमबार एक विज्ञप्ति जारी गरी मित्रराष्ट्र चीनको बुहान सहरबाट सुरु भई विभिन्न मुलुकमा फैलिँदै गएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन नेपालसँग जोडिएका चीनका नाकामा हेल्थ डेक्स स्थापना गर्न माग गरेको हो ।
नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले महामारीको रुप लिइसकेको कोरोना भाइरस नेपालमा सङ्क्रमण हुन नसकोस् भनी उच्च सतर्कता अपनाउनुपर्ने बताए। ‘कोरोना भाइरसबाट बच्न सम्बन्धित निकायले समयमा नै ध्यान पुर्याउनु जरुरी छ,’ उनले भने । नाट्टाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत हेल्थ डेक्स स्थापना गर्नुपर्ने बताएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…