January 28, 2020

सगरमाथाको काखमा फेसन शो

Kala Patthar Fashion show

काठामाडौं । सर्वोच्च शिखर सगरमाथाको आधार शिविर काला पत्थरमा फेशन शोक आयोजना गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन तथा विश्व रेकर्ड कायम गर्ने भन्दै गएको साता ‘द माउन्ट एभरेस्ट फेसन रनवे’ आयोजना गरिएको हो ।

कासाको आयोजना र आरबी डायमण्ड प्रमुख प्रायोजक रहेको यो फेसन शो विश्वकै उच्च स्थानमा भएको फेसनसम्बन्धी पहिलो कार्यक्रम बताइएको छ । यसमा नेपाल पर्यटन बोर्ड तथा नेपाल भ्रमण वर्ष २०२० सचिवालयले सहकार्य गरेको थियो ।

फेसन डिजाइनर रमिला नेम्कुलले गरेको जैविक विविधता र प्राकृतिक महत्त्वका फेसनको अनुसन्धानका आधारमा यो फेसन रनवे आयोजना गरिएको आयोजकको भनाई छ ।

नेपाली मौलिक फाइबरले बनेका लुगा र पत्थरका गहना लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका मोडलहरूले र्‍याम्पमा उत्रिएका थिए ।

Kala Patthar Fashion show‘फेसन रनवे’ मा १५ जना अन्तर्राष्ट्रिय मोडलहरूका साथै पाँच नेपाली मोडल पनि सहभागी थिए ।

मिस युनिभर्सल नेपाल २०१८ मनिता देवकोटाले नेतृत्व गरेको सोमा इटाली, नेदरल्याण्ड, फिनल्याण्ड, पोल्याण्ड, नाइजेरिया, श्रीलङ्का र भारतका मोडलको सहभागिता थियो ।

यो पनि: कालापत्थरमा फेसन शो हुने

सहआयोजक नेपाल भ्रमण वर्ष सचिवालयका अनुसार स्वास्थ्यसम्बन्धी समस्या नेपाल मेडिसिटि अस्पताल तथा आधार शिविरसम्म पुग्ने ट्रेकिङको नेतृत्व दावा स्टेभेन शेर्पाले गरेका थिए ।

Kala Patthar Fashion show

तस्बिरहरु: पिताम्बर सिग्देल

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…