बुद्ध एयरको पोखरा–विराटनगर उडान सुरु
कास्की– निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले सोमबारदेखि पोखरा–विराटनगर सिधा उडान सुरु गरेको छ । बुद्धको १८ सिट क्षमताको जहाजले पोखरबाट १८ र विराटनगरबाट १८ जना यात्रु बोकेर उडान भरेको बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए ।
पोखरा–विराटनगर ११ बजेर ४५ मिनेट र विराटनगर–पोखरा दिउँसो १ बजेर २० मिनेट समयमा हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार जहाज सेवा सञ्चालन गरिने उनको भनाइ छ । आगामी दिनमा यात्रुको माग बढेको खण्डमा ठूलो जहाजबाट दैनिक सेवा सुरु गर्ने योजना रहेको गौतमले स्पष्ट पारे । यसअघि बुद्धले पोखरा–काठमाडौँ, पोखरा–भैरहवा र पोखरा–भरतपुर सिधा हवाई सेवा प्रदान गर्दै आएको छ ।
सिधा हवाइ सेवा सञ्चालबाट गण्डकी प्रदेश र प्रदेश नं १ का जनताले लाभ लिनेछन् । दुवै प्रदेशमा पर्यटनको प्रचुर सम्भावना भएकाले हवाई सेवाको माध्यमबाट पर्यटक आवागमन बढ्ने र पर्यटकलाई सहज हुने विश्वास गरिएको छ । पोखरा विराटनगरको हवाई यात्रा एक घण्टाको रहनेछ । उडान शुल्क नेपाली र भारतीयलाई रु छ हजार २०० र विदेशीलाई १३० डलर रहेको बताइन्छ ।
विराटनगरबाट उडान भरेका पाइलट शैलेस रावत र जहाजमा सवार यात्रुलाई गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको टोलीले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…