महेन्द्रनगरदेखि हरिद्वारसम्म बस सेवा
कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरदेखि भारतको हरिद्वार र देहरादुनसम्म बससेवा सञ्चालनमा ल्याइएको छ । पवनदूत बस व्यवसायी कम्पनी प्रालिले सीधा स्थानमा नेपाल भारतमैत्री बससेवा सञ्चालन ल्याएको जनाएको छ । प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले बुधबार बससेवाको शुभारम्भ गरे ।भीमदत्तनगरदेखि हरिद्वार र देहरादुनसम्म करिब ३५० किलोमिटर दूरी रहेको छ । प्रत्येक दिन साँझ ६ बजे वातानुकूलित बस छुट्ने छ ।
कम्पनीका अध्यक्ष धर्मबहादुर महराले बससेवा सञ्चालन भएपछि यात्रुलाई सहज हुने जानकारी दिए। बससेवाले पर्यटन भ्रमण वर्षलाई समेत सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…