उपत्यकाका सम्पदा जोड्न साइकल लेन बन्छ : मन्त्री भट्टराई
- वेद गुरुङ
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल मानव सभ्यताको ऐतिहासिक केन्द्र भएको बताएका छन् । पुरातत्व विभागले आइतबार काठमाडौंमा आयोजना गरेको नेपालका सांस्कृतिक सम्पदाको अवस्था बारेको छलफलमा बोल्दै मन्त्री भट्टराईले सांस्कृतिक सम्पदा पर्यटनको महत्वपूर्ण अधार भएको बताएका हुन् ।
मन्त्री भट्टराईले विस २०७२ को भूकम्पले ९ सय २० वटा सम्पदामा क्षति पुगेकोमा ४ सय निर्माण भइसकेको बताए । यही आर्थिक वर्षमा १ सय ५० वटा पुरातात्विक सम्पदाहरुको निर्माण सम्पन्न गरि सक्ने पनि उनले बताए ।
मन्त्री भट्टराईले सांस्कृतिक सम्पदालाई पर्यटकीय हबको रुपमा विकास गराउन लागि रहेको बताए । ‘काठमाडौंमा रहेका पाशुपत क्षेत्र, भक्तपुर दरबार, बसन्तपुर र पाटन दरबार क्षेत्र लगायतलाई जोड्न लागि साइकल लेन बनाउने योजना छ,’ उनले भने, ‘भ्याली बाईट नाईट बनाउनको लागि तीब्र गतिमा काम भइरहेको छ ।’
ब्यक्तिले प्रयोग गरिरहेका सम्पदा क्षेत्रका जग्गाबाट हटाएर उक्त जग्गा सम्पदाकै लागि प्रयोग गरिने उनले बताए । असंख्यमात्रामा रहेका पुरातात्विक क्षेत्र र सांस्कृतिक सम्पदा सम्पदाको अध्ययन अनुसन्धान र विकासका लागि सरकार लागिरहेको पनि उनले बताए ।
मन्त्री भट्टराईले सम्पदाहरुको संरक्षण गर्दै पर्यटन क्षेत्रको बृहत विकास र विस्तारका लागि सरकार, पर्यटन बोर्ड र भ्रमण वर्ष सचिवालय मिलेर काम गरिरहेको उनले बताए ।
नेपालको पर्यटन क्षेत्र सुरक्षित गन्तब्यको रुपमा रहेको बताउँदै उनले अहिलेसम्म कोरोना भाइरसको समस्या नभएको बताए । भाइरसप्रति सरकार सजग रहेको उनको थियो ।
कार्यक्रममा विभागले पछिल्लो समयमा भइरहेका गतिविधि र भावी कार्ययोजना प्रस्तुत गरिएको थियो । कार्ययोजनामा विश्व सम्पदामा सूचिकृत लुम्बिनी र काठमाडौं क्षेत्रको बृहत विकासको खाका लगायत छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…