February 11, 2020

दामनको एभरेष्ट पानारोमा रिसोर्ट तीन महिना निलम्बनमा

Everest panaroma

कनठमाडौं । पर्यटन मन्त्रालयले मकवानपुरको थाहा नगरपालिका दामनको एभरेष्ट पानारोमा रिसोर्ट तीन महिनाका लागि बन्द गर्न निर्देशन दिएक छ ।

आठ जना भारतीय पर्यटकको ज्यान जाने गरी भएको घटनापछि मन्त्रालयले उक्त रिसोर्ट आवश्यक कानुनी प्रक्रिया पूरा गराएर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

पर्यटन विभागले सोमबार एक पत्र लेखेर आवश्यक कानुनी प्रक्रिया पूरा गर्न तीन महिनाको समय दिएको हो।माघ २६ गतेको सचिवस्तरीय निर्णयअनुसार उक्त रिसोर्टको स्तर वर्गीकरण नभएको, पर्याप्त सुरक्षात्मक तथा व्यवस्थापकीय कमजोर रहेकाले तीन महिना निलम्बन गरिएको जनाएको छ।

पर्यटन ऐन २०३५ अनुसार होटल, लज, रेस्टुरेन्ट, रिसोर्ट तथा बार नियमावलीअनुसार वर्गीकरण, मापदण्डअनुसार प्रारम्भिक वातावरणीय परीक्षण, वातावरण प्रभाव मूल्यांकनसमेत सम्पन्न गराएर रिसोर्ट सञ्चालन गर्न निर्देशन दिइएको छ। माघ ६ गते त्यहाँ बास बसेका आठ जना भारतीय पर्यटकको निसास्सिएर मृत्यु भएको थियो।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…