February 14, 2020

भक्तपुरको पुराना बस्तीमा सवारी साधन निषेध

भक्तपुर– भक्तपुर नगरपालिकाले पुरानो बस्तीभित्र सवारी साधन प्रवेशमा निषेध गरेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत दरबारस्क्वायर क्षेत्रमा सवारी निषेध गर्दै आएको नगरपालिकाले बिहीबारदेखि नगरपालिकाको भित्री बस्तीमा समेत सवारी साधन प्रवेश र पार्किङमा निषेध गरेको हो ।

भक्तपुरका सम्पदा र परम्परागत पुरानो बस्तीको संरक्षण एवं पैदलयात्रीको सुरक्षाका लागि नगरपालिकाले बिहीबारदेखि लागू हुनेगरी अपराह्न सवारी प्रवेश निषेध गर्ने व्यवस्था गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।

मालवाहक टिपर, ट्रकलगायत भारी सवारी साधन विभिन्न नाकाबाट नगरको पुरानो बस्तीभित्र सवारी प्रवेश गर्ने गरेको पाइएकाले बिहीबारदेखि सो क्षेत्रमा निषेध गरिएको बताइएको छ ।

मिनी टिपर, मिनी ट्रकलगायत मझौला सवारी साधन दिउँसो प्रवेशमा रोक लगाइने र साँझ ६ बजेदेखि बिहान ८ बजेसम्म मात्र प्रवेश अनुमति दिइने उनको भनाइ छ ।

त्यसैगरी सम्पदास्थल र त्यसवरपरका क्षेत्र दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन पार्किङस्थल बनेकाले ती क्षेत्रमा पार्किङ पनि निषेध गरिएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…