नाट्टा गण्डकी अध्यक्षमा सिग्देल
चिप्लेढुङ्गा– ट्राभल व्यवसायीको छाता सङ्गठन नाट्टा गण्डकी प्रदेशको एघाराैं अधिवेशनले सञ्जयकान्त सिग्देललाई अध्यक्षमा निर्वाचित गरेको छ ।
शनिबार सम्पन्न अधिवेशनमा सिग्देल प्रतिस्पर्धी झवि अधिकारीलाई २० मतले पछाडि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । एक सय ८१ जना मतदाता रहेकामा झविले ७० मत प्राप्त गरेका थिए भने सिग्देल ९० मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा हरिराम अधिकारी, द्वितीय उपाध्यक्ष किशोर दाहाल, महासचिवमा कमला गिरी, सचिवमा सङ्गीता पौडेल, कोषाध्यक्षमा राजेश पहारी र सहकोषाध्यमा नवराज भण्डारी विजयी भएका छन् ।
त्यसैगरी सदस्यमा सुवास पहारी, तराप्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशीला सिग्देल र खिमबहादुर नेपाली विजयी भएका छन् । पन्ध्र सदस्यीय कार्यसमितिमा पदाधिकारीसहित तीन महिला निर्वाचित भएका छन् । नाट्टाको इतिहासमा पदाधिकारी महासचिवमा पहिलोपल्ट महिलाले नेतृत्व गर्ने अवसर मिलेको हो । गिरीले प्रतिष्पर्धी कुलचन्द्र शर्मालाई जम्मा १२ भोटले पछि पार्दै निर्वाचन जितेका हुन् ।
निर्वाचित भएसँगै अध्यक्ष सिग्देलले अब व्यावसायिक संस्थाको गरिमालाई उँचो बनाएर सबैको साझा संस्थाका रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी महासचिव कमला गिरीले जिम्मेवारी प्रदान गर्ने मतदातालाई धन्यवाद दिँदै कुशलतापूर्वक जिम्मेवारी बहन गर्ने बताइन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…