पशुपतिनाथमा भक्तजनको भीड
काठमाडाैं– पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनले महादेवको पूजा आराधना गरी महाशिवरात्रि पर्व मनाएका छन् ।
शुक्रबार पशुपतिनाथ मन्दिरमा लाखाै भक्तजनले पूजा आराधना एवं दर्शन गरेका छन् । मन्दिर दर्शन गर्न बिहानैदेखि भक्तजनको लाइन लागेको थियो ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले आजै महाशिवरात्रि पर्व मनाउने निर्णय समितिले गरेको हो ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…