February 26, 2020

‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय सांस्कृतिक महोत्सव’ आज सकिने

भोजपुर– नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न पर्यटकीय सम्भावनालाई प्रचार गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा ‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय सांस्कृतिक महोत्सव २०७६’ सुरु भएको छ ।

पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको महोत्सवको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले महोत्सवको उद्घाटन गर्दै सिङ्गो प्रदेशलाई नै पर्यटकीय गन्तव्यको रुपमा विस्तार गर्न प्रदेश सरकारअघि बढेको मुख्यमन्त्री राईले धारणा राखे। राईले मुन्दुम पदमार्गको व्यवस्थापकीय पक्ष, भौतिक संरचना, नक्शाकङ्न र विविध पर्यटकीय स्रोतसाधन पहिचानका लागि प्रदेश सरकारले दुई करोड बजेट विनियोजन गरेको बताए ।

एक सय नयाँ पर्यटकीय गन्तव्यमा सूचीकृत रहेको भोजपुरको टेम्केडाँडा (मुन्दुम पदमार्ग) को पर्यटन प्रवद्र्धन गर्न र स्थानीय कला, संस्कृति, साहित्य क्षेत्रलाई टेवा पुर्‌याउने मुख्य उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका प्रमुख ध्रुवराज राईले बताए । महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण बढ्ने अपेक्षा रहेको अध्यक्ष राईको भनाइ छ । फागुन १३ र १४ गते हुने महोत्सवले भ्रमण वर्ष सफल पार्न सहयोग पुग्ने जनाइएको छ ।

महोत्सवका अवसरमा स्थानीय सांस्कृतिक कलाकृतिको प्रस्तुती, स्थानीय उत्पादनको प्रदर्शन, साहित्यिक भलाकुसारी तथा साङ्गीतिक प्रस्तुतीलगायत कार्यक्रम रहने महोत्सवको गाउँपालिकाले जनाएको छ । महोत्सवमा वरिष्ठ सङ्गीतकार गणेश रसिकको एकल साँझ पनि रहने गाउँपालिकाले जनाएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…