March 1, 2020

कोरोना संक्रमणले विदेशमा भ्रमण वर्षको प्रचार स्थगित: मन्त्री भट्टराई

tourism minister of nepal on visit nepal 2020

काठमाडाैं– नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै विदेशमा गरिने प्रचार स्थगित गरिएको छ। कोरोना भाइरसले चीनलगायत देशमा असर गरेको भन्दै सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचार प्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवर्द्धनको गरिएको बताए।

कोरोनाकै कारण पनि भ्रमण वर्षलाई असर परेको उनले बताए। ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवर्द्धनको काममा बढी केन्द्रीत हुन्छौं,’ काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले भने। परिस्थिती अनुकूल भएपछि र कोरोना त्रास हटेपछि सक्रियताका साथ फेरि भ्रमण वर्षको प्रवर्द्धनात्मक काममा अगाडि बढ्ने उनले बताए।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…