March 8, 2020

अमिलोपानी महोत्सव चैत १९ मा


काठमाडौँ– सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरी थाङपाल गाउँपालिका– ३ भोथाङमा चौथो अमिलोपानी महोत्सव तथा डम्फू सेलो सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

शनिबार काठमाडौँमा साझा भोथाङ संस्थाले पत्रकार सम्मेलनमार्फत आउँदो चैत्र १९ गते चौथो अमिलोपानी महोत्सवको गर्ने जानकारी गराएको हो ।

भ्रमण वर्ष २०२० को अवसरमा भव्य रूपमा महोत्सव गर्ने तयारी भए पनि कोरोना भाइरसका कारण केही मात्रामा प्रभावित परेको साझा भोथाङका संस्थाका संयोजक कर्मा लामाले बताए ।

स्थानीय तहमा कार्यक्रमको महत्त्व र प्रवर्द्धन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‌याउन सहयोग गर्ने संयोजक लामाको भनाई रहेको छ । उनले भने, ‘सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका देशकै मुख्य पर्यटकीय गन्तव्य हो । पाँच पोखरी भन्ने बित्तिकै यहाँको धार्मिक आस्था महत्त्व प्रति सबैको विश्वास छ । यही ठाउँमा पर्छ भोथाङ । भोथाङकै आँगनमा रहेको अमिलो पानी देशकै सम्पत्ति हो । यसको प्रवर्द्धनका लागि पनि महोत्सव गर्दैछौं ।’

कार्यक्रममा स्थानीय मौलिक कला, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यका डम्फू सेलो, सांस्कृतिक कार्यक्रम समेत हुने छ । यसका लागि स्थानीय कलाकार, ताम्बाहरुले स्थानीय भाषामा डम्फू सेलोहरू समेत प्रस्तुत गर्ने जनाइएको छ ।

महोत्सवमा ५ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सव तथा डम्फु सांस्कृतिक कार्यक्रमका लागि वाग्मती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल उद्घाटन गर्ने कार्यतालिका बनाइएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…