लुम्बिनी मुख्य पर्यटकीय हब : पर्यटनमन्त्री
- वेद गुरुङ
काठमाडौं– सांस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टाराईले लुम्बिनीलाई मुख्य पर्यटकीय हब बनाउनु पर्ने बताएका छन् ।
बुधबार लुम्बिनी विकास परिषद्को बैठक उद्घाटनमा बोल्दै मन्त्री भट्टराईले बृहत लुम्बिनीको गुरुयोजना बनाएर जानुपर्ने बताए ।
नेपालको मुख्य पर्यटन केन्द्र मध्ये लुम्बिनी पनि एक भएको बताउँदै उनले यसको बृहत योजना बनाएर गौतम बुद्धसँग जोडिएका ऐतिहासिक, दर्शन, ध्यान गर्ने ठाउँ, जीवनसँग जोडेर बृहत लुम्बिनी बनाउनु पर्ने बताए । ‘नेपाल विविधताको देश भनेर चिनिन्छ । विश्वमा गौतम बुद्धको जन्मथालोको रुपमा चिनिएको छ । यसलाई बुद्ध सम्बन्धि अध्ययन र अनुसन्धको केन्द्रको लागि समग्रीहरु उपलब्धि हुनु पर्ने हुन्छ । पर्यटकहरुको संख्या बढाउनु पर्ने र बुद्ध सकिर्टको विकास गर्नुपर्ने छ । पर्यटकहरुको बसाइँ कसरी हुन्छ लम्बाउने त्यसमा ध्यान दिनु पर्ने हुन्छ,’ उनले भने ।
बृहत लुम्बिनीको अवधारणा अनुसार जान सकिए पर्यटकहरुलाई तीन देखि सात दिनसम्म बस्ने बातावरण सिर्जना हुने उनले बताए । गौतमबुद्ध विमानस्थल बनेपछि बृहतर लुम्बिनीसँग जोडर लैजानु पर्ने मन्त्री भट्टराईको भनाई थियो । ‘स्थानीयको आर्थिक, रोजगार, कृषि उत्पदान लगायतमा सहयोग गर्ने लुम्बिनी बनाउन सकिए मात्रै सही अर्थमा लुम्बिनी हुन सक्छ,’ उनले भने ।
आर्थिक पारदर्शिता र संस्थाको गतिशिलताका लागि वार्षिक रुपमा कार्ययोजनको समिक्षा हुनु पर्ने भन्दै उनले परिषद्को बैठक नियमित रुपमा गरिनु पर्ने बताए । कोरोना भाइरसका कारण गौतमबुद्ध विमानस्थल निर्माणमा केही ढिला भएको पनि उनले बताए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…