March 16, 2020

पोखरा जाने पर्यटकलाई एक्सेल ट्रिपको अफर

  • वेद गुरुङ


काठमाडौं– कोरोना भाइरस (कोभिड १९)ले पर्यटन क्षेत्र अस्तब्यस्त भइरहेको समयमा अनलाइन ट्राभल इग्रेगेटर (एक्सेल ट्र्रिप) ले पोखरा केन्द्रित गरि ‘राम्रो पोखरा, घुमौं पोखरा’ अभियान सुरु गरेको छ ।
डिजिटल प्लेटफार्ममार्फत नेपालभित्र रहेका मुख्य पर्यटकीय गन्तव्यका प्रवर्द्धनका लागि पहिलो चरणमा पोखराका २९ वटा होटलले पर्यटकका लागि विशेष प्याकेज ल्याएको हो ।

एक्सेलट्रिपको अफरमा तीन रात बुक गर्दा एक रात नि:शुल्क र दुई रात बुक गर्दा, एक दिन नि:शुल्क जस्ता विशेष प्याकेज गरिएको एक्सेलट्र्रिपका सिइओ ज्ञानेन्द्र खड्कले बताए ।

नयाँ प्रविधिको मध्यमबाट नेपालमा रहेका पर्यटकीय गन्तब्यको प्रवद्र्धन गर्ने मुख्य लक्ष्यका साथमा पोखराबाट सुरुवात गरिएको उनले बताए । विस्तारै यो अभियान सातै प्रदेशबाट छरितो रुपमा लैजाने योजना रहेको उनको भनाई छ ।

पोखरामा हुने अफर चैत्र २ देखि २०७७ बैशाख ३ सम्म सञ्चालन हुनेछ । केही होटलले एक महिनाभर ५० प्रतिशतसम्मको छुट दिएका छन् । त्यसरी नै इसेवामार्फत होटल बुकिङ गर्ने ग्राहकले ५ सय रुपैयाँको विशेष छुट र कोठा भौचर प्राप्त गर्नेछन् । इसेवा सो अभियानको भुक्तानी पार्टनर हो ।

अभियानको पार्टनर यति एयरलाइन्सले उक्त अवधिभर प्रत्येक साता लक्की ड्र विजेता दुई यात्रुलाई काठमाडौं–पोखरा–काठमाडौं उडान सेक्टरमा दुईवटा एकतर्फी टिकट उपलब्ध गराउने जनाइएको छ ।

आन्तरिक पर्यटन प्रबर्द्धन तथा दीगो पर्यटकीय वातावरण निर्माणका निम्ति एक्सेल ट्रिपले नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा काम अगाडि बढाएको जनाएको छ । एक्सेल ट्रिपले १४ मुलुकमा आºनो कनेक्सन रहेको दाबी गरेको छ ।

नेपाली बजारमा प्राविधिक र आधुनिक खालका नयाँ भिजन साथ एक्सेल ट्रिपले काम गरि रहेको उनीहरुको दाबी छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…