March 17, 2020

पर्यटक रोकिएका बेला हिमाल सफाइ गर्न प्रस्ताव

  • वेद गुरुङ

काठमाडौं– कोरोनाका कारण आरोहण बन्द रहेका बेला हिमाल सरसफाई गर्न नेपाल पर्वतारोहण संघ (एनएमए)ले प्रस्ताव गरेको छ ।

संघका अध्यक्ष सन्तवीर लामाले हिमाल अरोहण बन्द भएको समयमा हिमाल सरसफाई गर्ने सरकार समक्ष प्रस्ताव पेस गरेको बताए । संघले पर्यटक रोकिएका बेला हिमाल सफा गर्ने उपयुक्त हुने बताएको छ ।

पर्यटक अवतजवात रोकिएका बेला हिमाल सरसफाई गर्न धेरै सहज हुने अध्यक्ष लामाले बताए । उनले भने, ‘हरेक वर्ष हिमाल सरसफाई कार्य गरिरहेको हो । हिमाल अरोहरण बन्द भएको समयमा खाली र काम गर्न सहज हुन्छ । विदेशीहरु भएको समयमा केही डिस्टर्ब हुन्छ । अर्थतन्त्रलाई पनि बलियो बनाउन सहयोग गर्दछ । विदेशमा राम्रो सन्देश पनि जाने भएको यसलाई अगाडी बढाउन सकियो राम्रो हुन्छ ।’

कोरोना भाइरस (कोविड १९) ले विश्वमा महामारीको रुप लिइरहेका बेला नेपालको पर्यटन क्षेत्रका प्रत्यक्ष असर परेको छ । नेपालमा पर्यटन सम्बन्धित होटल र ट्राभल एजेन्सीलाई बढी असर गरेको देखिन्छ ।

पर्यटकीय सिजनको सुरुआतमै कोरोनाका पर्यटक आउन ठप्प भए पछि पर्यटन ब्यवसायीले सरकारस“ग राहत माग गरिरहेका छन् ।
सरसफाईका लागि सरकार र नेपाल पर्यटन बोर्डले स्पष्ट खाका माग गरेको लामाले बताए । अनुमति दिए संघ तीब्र गतिमा हिमाल सरसफाईमा जुट्ने बताए ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…