थला परेको पर्यटन प्रबर्द्धनमा चेम्बरको सुझाव
काठमाण्डौं । कोरान भाईरसले पर्यटन क्षेत्रका गम्भिर असर गरेको भन्दै पर्यटनको पुनरुत्थानको लागि नेपाल चेम्बर अफ कर्मशलेसरकारलाई सुझाव दिएको छ ।
सोमवार चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई भेटीउक्त सुझाव दिएका हो । आन्तरिक पर्यटन प्रबर्द्धन गर्न लागि निजामति तथा संगठित संस्थाका कर्मचारीहरु र नागरिकहरुलाई प्रोत्साहनप्याकेजसहित आन्तरिक भ्रमणका लागि प्रेरित गर्नुपर्ने, होटल तथा एयरलाइन्सहरुलाई वित्तीय प्याकेजमार्फत उद्धार गरिनुका साथै ऋण, ऋणको ग्यारेन्टी कपोरेट बन्डमा सरकारको टेवा, कर छुट, एयरपोर्ट चार्जलगायतमा वित्तिय सुविधा दिनुपर्ने, पर्यटकको प्रबर्द्धनको लागिथिंक ट्यांकको ब्यवस्था गर्ने लगायतका सुझाव चेम्बरले दिएको छ ।
त्यस्तै मेडिकल टुरिजम,होम स्टे, एग्रो टुरिजम, कल्चरल टुरिजमलगायतका विद्यागत पर्यटन प्रबर्द्धनका लागि ठोस कार्यक्रम ल्याउन पनिमाग गरेका छन् ।
त्यस्तै पर्यटकको चाप घटेको समयमा पर्यटन पूर्वाधारमा जोड दिनपर्ने, नेपाल आयल निगमले लिंदै आएको नगद धरौटीको सट्टा बैङ्कग्यारेन्टीको ब्यवस्था गरी नगद धरौटी फिर्ता गर्नु पर्ने माग पनि चेम्बरले राखेको छ ।
चेम्बर अफ कमर्सले चीनमा कोरोनाको प्रकोप कम हुदै गएकोले आउदो सेप्टेम्बर अक्टोबरमा पर्यटकीय सिजन भएकोले चीनको विभिन्नशहरबाट पर्यटक भित्रयाउने सरकारी स्तरबाट पहल गर्नुपर्ने, एयरलाईन्सहरुले चीनको विभिन्न शहरबाट पर्यटक ल्याउन पहलगर्नुपर्ने,हवाईजहाज,बस,कार सहित बास बस्ने स्थान होटल,रिसोर्ट,होमस्टे,रेस्टुरेन्ट तथा विमानस्थलमा डिसइन्फेक्ट गरिनु पर्ने सुझाएको छ ।
मन्त्री भट्टराईले चेम्बर अफ कमर्शको सुझाव बुझ्दै सरकारले पर्यटन क्षेत्रको विकासको लागि काम गरि रहेको बताए । कोरानाका कारणसवै भन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको भन्दै मन्त्री भट्टराईले आउने बजेट र नीति तथा कार्यक्रम पर्यटन सुधारको प्याकेज घोषणा हुनेबताए । उनले सरकारले एयरलाईन्स होटल,रेस्टुरेन्ट मर्जरको नीति बनाएर लागु गर्ने बताए ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …