May 15, 2020

नेपालमा काेराेना संक्रमित २६७ पुगे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या २६७ पुगेको बताएको छ । शुक्रबार साँझ थप ९ जनामा संक्रमण देखिएको हो ।

शुक्रबार मन्त्रालयले विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल नेपालगञजमा गरिएको परिक्षणमा ९ जनामा कोरोनाको संक्रमण देखिएको जनाकारी दिएको छ ।

पर्साका ९ वर्षीय , विरगञ्जका १० वर्षीय बालक, २३, ४७ वर्षीय महिला , उदयपुर त्रियुगा न पा निवासी २५ वर्षीय पुरुष, दाङको गढवा ४ र ५ , तुलसीपुर ७ निवासी २३, ३६, ३४ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको छ । त्यसैगरी काठमाडौं सतुंगल निवासी ७ वर्षीय बालकमा पनि संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार निजको स्वास्थ्य स्थिति सामान्य रहेको र स्वस्थ्यकर्मीको सम्पर्कमा रहेको बताएका छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…