June 7, 2020

ईन्धनको मुल्यसॅगै हवाई भाडा घट्यो

Domestic planes
विमानस्थलमा नेपाली घरेलु उडानका लागि तयारी अबस्थामा रहेका विमानहरु ।

हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आईतबार  टपत्राचारगरेपछि हवाई भाडादर घटाइएको सङ्घले विज्ञप्तिमार्फत जनाएको हो

हवाई इन्धनको मूल्य घटेको अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने सरकारको निर्णय सोहीअनुरुप प्राधिकरणको मिति२०७७ जेठ २५ को पत्रबाट अनुमोदन गरी कार्यान्वयनका लागि लेखी आएकाले हवाईभाडामा नयाँफ्युल चार्जकायम गरिएको आजजारी भनिएको नयाँ भाडादरअनुसार काठमाडौँ माउन्टेन उडानका लागि रु ८६० घटाएर रु दुई हजार २३० कायम गरिएको काठमाडौँभद्रपुरको रु ७५० घटाइ एक हजार ९५० बनाइएको काठमाडौँविराटनगर गन्तव्यमा साविकको रु दुई हजार १६० बाट रु६०० घटाएर एक हजार ५५० कायम गरिएको

पोखराको रु २७० घटाएर रु ६९५ बनाइएको काठमाडौँधनगढीको साविकको रु तीन हजार ९७५ बाट रु एक हजार १०५ घटाई रुदुई हजार ८७०  निर्धारण गरिएको काठमाडौँनेपालगञ्जको रु ८१५ घटाई रु दुई हजार ११५ बनाइएको सबैभन्दा कमकाठमाडौँसिमरामा रु ५५८ सबैभन्दा बढी काठमाडौँधनगढी गन्तव्यको भाडा रहेको

हवाई इन्धनको मूल्य जेजति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने गरी नेपाल सरकार (विभागीयमन्त्री) को २०७५ जेठ २७ निर्णय गरेको थियो सोही निर्णयअनुसार सङ्घमा आबद्ध वायुसेवा कम्पनीले स्वचालित प्रणालीअनुसारहवाई इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरिएको सङ्घका महासचिव योगराज कँडेल शर्माले बताए

कोभिड१९ महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको चैत गतेदेखि नै नेपालमा उडान भर्ने सबैअन्तर्राष्ट्रिय उडान तथा चैत ११ देखि नै आन्तरिक उडान पनि स्थगन गरिएको पछिल्लोपटक असार १६ सम्म उडान स्थगन गरिएको आगामी असार १७ देखि आन्तरिक उडान सञ्चालन गर्ने सरोकारवाला निकायले तयारी गरिरहेका छन्

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …