भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना
निर्माणाधीन भैरहवा विमानस्थल । फाइल तस्बिर
लुम्बिनी । भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना भएको छ । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सोमबार कार्यालय स्थापना गर्दै सङ्कटग्रस्त पर्यटन क्षेत्रलाई जीवन्तता दिन प्रदेश सरकारले विशेष योजनाका साथ काम गर्ने बताए ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले पर्यटन क्षेत्रमा कोरोनाले पारेको प्रभावका विषयमा सूक्ष्म मूल्याङ्कन गर्न आवश्यक भएको बताए ।
सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले कार्यालयले सङ्घ र प्रदेशसँग समन्वय गरी मर्कामा परेका व्यवसायीलाई प्याकेजमा सहयोग दिने कार्यमा भूमिका खेल्ने बताए ।
डिभिजन प्रमुख मुक्तिप्रसाद पाण्डेले पर्यटनसम्बन्धी होटल र ट्राभल एजेन्सी दर्ता एवं नवीकरण, पूर्वाधार निर्माणका कामलगायत उक्त डिभिजनमार्फत हुने जानकारी दिए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…