हिमाली पाटन उक्लिए भेडीगोठ
खलंगा । वर्षायाम सुरु भएसँगै जुम्लाका भेडीगोठ हिमाली पाटनमा सार्न थालिएको छ । पाटनका चरनहरूमा भेडाको लस्कर लगाइएको छ । अहिले भेडीगोठ सार्ने चटारो भएको तातोपानी गाउँपालिका–७ का भेडापालक मुनबहादुर रावतले बताए ।
खर्कहरु पाटनमा हुन्छन् । ग्रामीण समुदायको पुर्ख्याैली पेशाका रुपमा भेडीगोठलाई लिइन्छ । अहिले पाटनमा हरियालीको मौसम भएको र गर्मी छल्न पाटन उक्लेका भेडीगोठ चार महिना बिताएपछि बेँसी फर्काइने रावतले बताउनुभयो । अचेल भेडीगोठ कम हुँदै गएका छन् ।
नयाँ पुस्ताप्रति भेडापालनको विकर्षण देखिएको छ । वन फडानी र वनपाखामा खेती विस्तार हुँदा चरन क्षेत्र घट्दै गएको तिला गाउँपालिका–८ स्थानीयवासी कर्णबहादुर रोकायाले बताए । आम्दानी राम्रै भए पनि दुःख धेरै हुने भेडीगोठालाको अनुभव छ । पाटनमा पानी र असिनासँग भिज्दै, घामपानीसँग सेकिदै भेडाको रेखदेख गर्नुपर्ने अर्का स्थानीय गोविन्द बोहोराले बताए ।
जुम्लामा विसं २०७० मा नितरन्तर परेकोे असिनापानी र हावाहुरीले करिब ७०० भेडा मरेका थिए । अहिले जिल्लाको पानसय र माझपाटनमा भेडालाई ओत लाग्ने चार गोठ निर्माण गरिएको पशु सेवा कार्यालय जुम्लाका पशु विकास अधिकृत गोविन्दबहादुर महतले बताए । कार्यालयका अनुसार जिल्लामा ७४ हजार भेडा छन् । हिमाली हावा, खनिज तथा पौष्टिक तत्वले भरिएका घाँस खाएका चिसोपानी पिएका भेडाको मासु बढी रुचाइने गरिएको पशु अधिकृत महतले बताए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…