July 21, 2020

घान्द्रुकको देउरालीदेखि आलेडाँडा प्याराग्लाइडिङ

गण्डकी । चर्चित पर्यटकीय गन्तब्य घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरेको छ । साहसिक खेल प्याराग्लाइडिङमा रुचि राख्ने पर्यटकलाई लक्षित गरी कार्यक्रम सुरु गर्न लागिएको बताइएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनको तयारी स्वरुप परीक्षण उडान गरी सम्बद्ध निकायबाट अनुमति लिने प्रकृया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले राससलाई बताएका छन् । घान्द्रुक गन्तब्यको रुपमा नेपाली माझ मात्र होइन, विश्वमै चर्चित रहेको छ । गत वर्ष अमेरिकी समाचार संस्था सीएनएनले घान्द्रुकलाई दश उत्कृष्ट गन्तब्यमा समेटेको थियो ।

अध्यक्ष कुँवरले साहसिक पर्यटनको सम्भाव्य क्षेत्र लुम्लेमा रक क्लाइम्बिङ, महँगो डाँडामा जिप फ्लायर, सार्कुको घट्टे खोलामा क्यानोनिङलाई प्रबर्द्धन गरिने पनि बताए ।

यो पनि : १५ तस्बिरमा सीएनएनको लिस्टमा परेको पर्यटकीय गाउँ घान्द्रुक

गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक एवं पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने बताउँदै अध्यक्ष कुँवरले परम्परागत कला संस्कृतिको संरक्षण सम्बर्द्धन गरिने बताए । अन्नपूर्ण आधार शिविर, हिँड्न लेक, मरेडाँडा, टाडापानी, ताल चियाउने गह्रालगायतका क्षेत्रको संरक्षण प्रवर्द्धन गरी पर्यटकीय गन्तव्यका रूपमा पहिचान गराउने गाउँपालिकाको तयारी छ ।

अध्यक्ष कुँवरका अनुसार अन्य धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय स्थानको विवरण सङ्कलन गरी प्रचारप्रसार गर्न ब्रोसर प्रकाशन गर्ने तयारी गरिएको छ । भदौरे, घान्द्रुक, लान्द्रुक, पोथना, अष्ट्रेलियन क्याम्प, पाउँदुरकोट, दाङसिङमा रहेका घरवास पर्यटनको प्रचारप्रसार, प्रवर्द्धन व्यवस्थित गर्नुका साथै ती क्षेत्रलाई पर्यटन सूचना केन्द्रका रूपमा विकास गर्न पहल गरिने पनि उनले बताए ।

गण्डकी प्रदेश सरकारले सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्षको रुपमा मनाउनका लागि अभियान सञ्चालन भइरहेको तथ्यलाई दृष्टिगत गरी अन्नपूर्ण आधार शिविरमा पर्यटनको बसाई व्यवस्थित बनाउन सार्वजनिक जग्गामा रहेका लज एवं रेष्टुराँमा निश्चित कोठा थप गर्ने नीति अवलम्बन गरिने गाउँपालिकाले जनाएको छ ।

Also for you: Fearless venture with Nepal’s paragliding

स्थानीय पर्यटन समितिको सहकार्यमा आवश्यक पर्यटन कार्यक्रम सञ्चालन गरिने र गाउँपालिकाभित्र पर्यटन विकासको गतिविधि अगाडि बढाउन, प्रचारप्रसार गर्न अन्नपूर्ण आधारशिविर क्षेत्रमा प्लास्टिक, टिन फलामलगायतका वस्तुको व्यवस्थापन गरी सरसफाइमा जोड दिइने अध्यक्ष कुँवरले बताए ।

पर्यटकको बसाई अवधि लम्ब्याउन घान्द्रुक डाँडागाउँको गुरुङ संस्कृति झल्कने सङ्ग्रहालय, मेलाचे पार्क, नौडाँडाको निर्माणाधीन भ्युटावर, मणिको डाँडो, बराह पोखरी, ताल चियाउने गह्राको पार्क, शीतल गुफा धार्मिक पर्यटक पार्क आदिलाई व्यवस्थित गरिने बताइएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…