आज मध्यरातदेखि लकडाउन हट्यो (खुल्ने र नखुल्ने सेवाको सूचि)
काठमाडौं । सरकारले मंगलबार मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन मंगलबार मध्यरातदेखि हटाइएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले सो कुराको जानकारी दिएका हुन् ।
लकडाउन घोषणा गरिएको झण्डै चार महिनापछि जनजीवन सामान्य बनाउने ध्येयका साथ सरकारले त्यसको विधिवत् अन्त्य गरेको हो । बन्दाबन्दीबाहेक कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा गरिएका अन्य व्यवस्था भने यथावत् नै राखिएको उनले बताए ।
स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई यही साउन १५ गतेदेखि होटल तथा रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याउन दिने सरकारको निर्णय छ । यद्यपि, सामूहिक भोज, पार्टी, सेमिनार र सामूहिक भेला भने गर्न नपाइने बताइएको छ ।
यस्तै, पदयात्रा, पर्वतरोहणलगायत क्षेत्रसमेत साउन १५ गतेदेखि नै सञ्चालनमा ल्याउन दिने निर्णय भएको छ ।
खुल्ने सेवाहरु
१ मंगलबार राती १२ बजेपछि बन्दाबन्दी अन्त्य ।
२ कोरोना रोकथामका लागि गरिएका अन्य व्यवस्था उथावत रहने ।
३ साउन १५ देखि पर्यटन व्यवसाय चलाउन पाउने ।
४ भदाै १ देिख लामो दुरीका सवारी साधनहरु चलाउन पाउने ।
५ भदाै १ देिख आन्तरिक तथा बाह्य उडान सुचारु हुने ।
६ भदाै १ देखि खेलकुद प्रशिक्षण सुचारु हुने ।
७ भदाै १ देखि बिद्यार्थी भर्ना र परीक्षा सञ्चालन हुने ।
८ साउन ३२ गतेसम्म सीमा बन्द
तत्काल नखल्ने
१ शैक्षिक संस्थाहरु
२ सभा, गोष्ठी, तालिम सेमिनार
३ प्रदर्शन, भेला, सेमिनार
४ सैलुन, ब्यूटीपार्लर, स्पा
५ स्वीमिंग पुल, जिमखाना र क्लव
६ समुहमा ख्िलने खेल र खेलमैदानमा हुने प्रस्तुती
७ धार्मिक तथा सामाजिक स्थलहरु
८ पुस्तकालय, संग्रहालय र चिढियाघर
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…