उपत्यकामा ७ दिन थपियो निषेधाज्ञा
काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याएको छ । भदौ ३ गतेदेखि निषेधाज्ञा लगाईएको थियो ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर रजनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेको भन्दै १७ भदौसम्म निषेधाज्ञा थप्ने निर्णय लिएको हो । यसअघि मंगलबार जिल्लाकोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) र काठमाडौंका मेयरहरुबीच भएको छलफलले पनि निषेधाज्ञा बढाउनसिफारिस गरेको थियो ।
निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन रोक लगाईएको छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …