लामोदुरीको यातायात र आन्तरिक उडान असोज १ देखि
काठमाडैं । सरकारले लामो दूरीका यातायात र आन्तरिक हवाइ उडानलाई असोज १ देखि मात्र खुला गर्ने भएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना संक्रमण बढिदै गएकाले लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौमसान्तसम्म नचलाउने निर्णय गरेको हो ।
यसअघि सरकारले अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १५ गतेसम्म स्थगित गरेको थियो । अन्तर्राष्ट्रिय उडान भने यही भदौ१६ गतेदेखि सर्तसहित सञ्चालन गर्ने अनुमति दिइसकेको छ ।
तियसै गरी सरकारले श्रम गन्तव्य मुलुकबाट नेपाली कामदारलाई ल्याउनका लागि अन्तर्राष्ट्रिय उडान थप्ने निर्णय पनि गरेको छ ।
यसअघि सरकारले दैनिक ५०० सम्म नेपाली ल्याउने गरी उडानको अनुमति दिने पनि निर्णय गरेको थियो । यो अनुमतीले आउनु पर्न्कामदार ल्याउन गाह्रो हुने भन्दै अलोचना भएपछि उडान थप्ने तयारी गरिएको हो ।
फर्किए ४८९ नेपाली
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार आगमन र प्रस्थान दुवैगरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फतविदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किएका छन् ।
नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१ यात्रु ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु ल्याएको छ ।मालिन्डो एयरले क्वालालम्पुरबाट १७३ नेपाली काठमाडौँ ल्याएको छ । यस्तै श्रीएयरलाइन्सले बैंककबाट एक शव नेपाल ल्याएकोविमानस्थल कार्यालयले जनाएको छ ।
सोमबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका चार अन्तर्राष्ट्रिय उद्धार उडान हुने विमानस्थलको तालिका छ । नेपालएयरलाइन्सले दुबई र दोहा तथा हिमालय एयरलाइन्सले अबुधाबी र दोहामा चार्टर्ड उडान गर्नेछन् ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …