गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कुन राम्रो?
काठमाडौं । पर्यटन मन्त्री योगेश भट्टराईले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन सार्वजनिक गरेका छन् ।
सोमबार आफ्नो फेसबुक वालबाट विमानस्थलको दोस्रो टर्मिनलको डिजाइन सार्वजनिक गर्दै भनेका छन्, ‘गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल भैरहवामा दोश्रो टर्मिनल भवनको निर्माणको तयारी शुरु भएको छ । टर्मिनलका बिभिन्न डिजाइनमा यहाँहरुको सुझाबका अपेक्षा गरिएको छ ।’
उनले कस्तो डिजाइन उपयुक्त हुन्छ भन्दै सुझाव पनि मागेका छन् । दोस्रो टर्मिनल भवन हाल बनेको नयाँ टर्मिनल भवनबाट पश्चिमतर्फ र घाँघरा खोला भन्दा पूर्वपट्टि बन्नेछ । उक्त स्थान भैरहवा–लुम्बिनी सडक खण्डको दक्षिणतर्फ सडक छेउमै पर्दछ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…